Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकार ०८४ सम्मै जान्छ: कृष्णभक्त पोखरेल

वर्तमान सरकार ०८४ सम्मै जान्छ: कृष्णभक्त पोखरेल

‘रविले सहकारी ठगी गरेको प्रष्टै देखिन्छ’
  • शनिवार, मंसिर ८ २०८१

  • 674
    SHARES

  • वर्तमान सरकार ०८४ सम्मै जान्छ: कृष्णभक्त पोखरेल

    काठमाडौं । नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले वर्तमान सरकार २०८४ सम्मै जाने बताउनुभएको छ । बाहिर सार्वजकि भएजस्तै गठबन्धनमा मतभेद भन्ने कुरा नदेखिएकोले सरकार भत्किने र फेरिने कहिकतै सम्भावना नभएको नेता पोखरेलको दाबी छ ।

    अहिलेको भ्रष्टाचार, अराजकता अन्त्य गर्ने र विधिको शासनलाई जवरजस्ती रुपमा स्थापित गर्ने मुल उदेश्यले बनेको सरकार भएकाले प्रतिपक्षले भन्दैमा सरकार तलमाथि नहुने स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले देश र जनताको विकाशका लागि निष्ठापूर्व काम गर्नु नै सरकारको पहिलो प्राथमिकता हुनुपर्ने पनि दिनुभयो ।

    संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमाले अहिले एउटै डुङगामा रहेको र यो डुङगा जसरी पनि तार्ने अठोटका साथ लागिपरेको नेता पोखरेलको भनाइ छ ।

    सरकारलाई कमजोर बनाउन लागिपरेका तत्वहरुको अगाडि सफल बनाएर देखाउने चुनौती रहेको बताउँदै कुनै पनि बाहिरी शक्तीले एमाले र कांग्रेसको गठबन्धनलाई भत्काउन नसक्ने चेतावनी दिनुभयो ।

    यस्तै, नेता पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भैसकेको बताउनुभएको छ ।

    संसदीय समितीको प्रतिवेदन र प्रमाणका आधारमा अनुसन्धान हुँदा राजनीतिक प्रतिशोध भनेर विरोध गर्नु पार्टीकै कमजोरी देखिने उहाँको टिप्पणी रहेको छ ।

    दोषी र कानुनविपरित कार्य गर्ने जुनसुकैलाई पनि नछाड्ने नीति लिएको सरकारले आफ्ना र पराई नहेर्ने समेत उहाँको प्रतिवद्धता रहेको छ ।


    शनिवार, मंसिर ८ २०८१०८:१४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij