Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री चीन भ्रमण जानु अघि संसदमा प्रतिनिधित्व गर्ने दल र नेपालका प्राज्ञ अन्तराष्ट्रिय विज्ञहरुसँग सुझाव लिनुपर्छ: देवेन्द्र पौडेल

प्रधानमन्त्री चीन भ्रमण जानु अघि संसदमा प्रतिनिधित्व गर्ने दल र नेपालका प्राज्ञ अन्तराष्ट्रिय विज्ञहरुसँग सुझाव लिनुपर्छ: देवेन्द्र पौडेल

  • शनिवार, मंसिर ८ २०८१

  • 457
    SHARES

  • प्रधानमन्त्री चीन भ्रमण जानु अघि संसदमा प्रतिनिधित्व गर्ने दल र नेपालका प्राज्ञ अन्तराष्ट्रिय विज्ञहरुसँग सुझाव लिनुपर्छ: देवेन्द्र पौडेल

    काठमाडौं । नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर आलोचना र विरोध नभएर सुझाव भएको बताउनुभएको छ ।

    नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर आलोचना र विरोध नभएर सुझाव भएको बताउनुभएको छ ।

    प्रधानमन्त्री चीन भ्रमण जानु अगाडि के–के मुद्दा हुन् के–के विषयमा त्यहाँ कुराकानी हुँदैछन् भनेर संसदमा प्रतिनिधित्व गर्ने दलहरु र नेपालका प्राज्ञ अन्तराष्ट्रिय विज्ञहरुसँग सुझाव लिएर जाँदा राम्रो हुने पुर्वमन्त्रीसमेत रहनुभएका नेता पौडेलले बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले बीआरआई लगायतका प्रसंगमा सरकारकै पक्षबाट बाहिर आइरहेका विवादित विषयमा आफूहरुले कुरा उठाएको नेता पौडेलको भनाइ छ ।

    देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई तलमाथि नहुने गरि यसप्रकारणका चाहे अनुदान हुन् चाहे ऋण हुन् यसमा पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो ।

    यस्तै नेता पौडेलले वर्तमान सरकारलाई भत्काउने खेलमा आफूहरु नलागेको बताउनुभएको छ ।

    जनताको पक्षमा काम गर्न सक्यो भने अर्को निर्वाचनसम्म सरकार रहन सक्दा यदि काम गरेन भने गणितले मात्रै नटिक्ने उहाँको दाबी छ । तर सरकारबाट जनता निराश भइसकेकाले आस गर्न सकिने केहि आधार नै नभएको उहाँको भनाइ छ ।


    शनिवार, मंसिर ८ २०८१०८:४१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij