Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पत्रकार कोइरालाको तिहार गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

पत्रकार कोइरालाको तिहार गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

  • बिहिवार, कार्तिक २७ २०७७

  • 1.1K
    SHARES

  • पत्रकार कोइरालाको तिहार गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । पत्रकारसमेत रहेका गीतकार सुनिल कोइरालाको तिहार गीतको भिडियो बिहीबार सार्वजनिक भएको छ । प्रज्ञाश्वरी रेकर्डिङ्गको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियो नेपालको काठमाडौं र भारतको सिलगुरी गरी दुई ठाउँमा छायाँकन गरिएको हो ।

    आजभन्दा ६ वर्ष अगाडि नै रेकर्ड गरिएको गीतलाई यो वर्षमात्र भिडियो निर्माण गरिएको यस गीतका संगीतकार किरण कँडेलले बताउनुभयो । एउटै गीतमा देउसी र भैलो मिश्रित गीत निकै कम बनेकोले यो गीतलाई फरक र मौलीक रुपमा निर्माण गर्न कोसिस गरिएको उहाँको भनाइ छ ।

    तिहारमा बज्ने एउटै प्रकृतिको गीतभन्दा भिन्न प्रकारको गीत निर्माण गर्न उत्प्रेरित भई यो गीतको सिर्जना गरिएको गीतकार कोइरालाले बताउनुभयो ।

    गीतमा किरण कँडेल, सुरजकुमार थापा, निकिता थापा र अनुष्का पाठकको स्वर रहेको छ भने भिडियोको निर्देशन शिवु श्रेष्ठले गर्नुभएको हो ।

    भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।

    https://www.youtube.com/watch?v=kxo-tXJirHg&feature=youtu.be&fbclid=IwAR3oA7Zl_FuQ-dIQzZPKIlLBbAv9GJaYqzPnVo8NtC6J7eTinD9JJ5gHk3o


    बिहिवार, कार्तिक २७ २०७७०६:५४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij