काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान धरहराबाट एनपीएलको ट्रफिको अनावरण गर्नुभएको हो।
कार्यक्रममा ओलीले ऐतिहासिकस्थल धरहराबाट अनावरणले खेलकुदमा जागर पैदा गराएको बताउँदै क्रिकेट युवा पुस्ताकोको गौरव बनेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,’एनपीएलले धरहराले इतिहास र संस्कृतिलाई सघाउँछ। र एनपीएलले आगामी पुस्तालाई प्रेरणा जगाउँछ।’
कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको जानकारी दिनुभयो। उहाँले यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत दिएको बताउनुभयो।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ। एनपीएलका ८ फ्रेन्चाइच टोलीमा काठमाडौं गुर्खाज, विराटनगर किङ्ग, जनकपुर बोल्ट, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स एनपीएलमा सहभागी रहने छन् । एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुनेछ।