Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बीआरआई अन्तर्गत कुनै हालतमा पनि ऋण लिनै हुन्न भन्ने कुरा नेपालले गर्नुहुन्न: डा. प्रकाशचन्द्र लोहनी

बीआरआई अन्तर्गत कुनै हालतमा पनि ऋण लिनै हुन्न भन्ने कुरा नेपालले गर्नुहुन्न: डा. प्रकाशचन्द्र लोहनी

  • मंगलवार, मंसिर ११ २०८१

  • 666
    SHARES

  • बीआरआई अन्तर्गत कुनै हालतमा पनि ऋण लिनै हुन्न भन्ने कुरा नेपालले गर्नुहुन्न: डा. प्रकाशचन्द्र लोहनी

    काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले बीआरआई अन्तर्गत कुनै हालतमा पनि ऋण लिनै हुन्न भन्ने कुरा सरकारले गर्नै नहुने बताउनुभएको छ ।

    यस्तो निती नै नभएकोसमेत प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्देशन समितिको अध्यक्षसमेत रहुनभएका डा. लोहनीको भनाइ छ ।

    बीआरआई अहिले आवश्यकता हो की होइन, ऋण–ब्याँज तिर्न सक्छौ की सक्दैँनौ र योजना छ की छैन भन्नेबारे विस्तृत छलफल गरेर लिन उपयुक्त छैन भने नलिने सरकारको जिम्मेवारी रहेको भने उहाँले स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. लोहनीले चीन भ्रमणको विषयमा सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आयोजना गरेको पूर्व प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा यहि विषयमा सुझाव दिएको बताउनुभयो ।

    बीआरआईमा ऋण लिने वा नलिने भन्ने कुरा सरकारको निर्णय भएको तर लिनै हुन्न भन्ने कुरालाई सिद्धान्त नै बनाउनु भने नहुने उहाँको तर्क रहेको छ ।

    यस्तै उहाँले बीआरआईमा ऋण लिनै हुन्न भन्ने विषयलाई सिद्धान्त बनाइयो भने त्यो ठूलो गल्ती हुने जिकिर गर्नुभयो । प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसले बीआरआई परियोजना अन्तर्गत ऋण लिनै हुँदैन भन्ने अडान लिइरहेका बेला डा. लोहनीको यस्तो प्रतिक्रिया आएको हो ।

    हिजोको छलफलमा प्रधानमन्त्री ओलीले भने बीआरआई परियोजना अन्तर्गत ऋण नलिने कुरा बताउनुभएको थियो ।
    प्रधानमन्त्री ओली यहि मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।

    यस्तै प्रधानमन्त्री ओलीलाई आसन्न भ्रमणका क्रममा चीनसँग विद्युत प्रशारण लाइन निर्माणका विषयमा सम्झौता गरेर आउनसमेत डाक्टर लोहनीको सुझाव रहेको छ ।


    मंगलवार, मंसिर ११ २०८१०८:१७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij