Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बीआरआई देशको हितमा हुन्छ भने कम ब्याजदरमा लिँदा गलत हुन्न: ठाकुर गैरे

बीआरआई देशको हितमा हुन्छ भने कम ब्याजदरमा लिँदा गलत हुन्न: ठाकुर गैरे

  • बिहिवार, मंसिर १३ २०८१

  • 504
    SHARES

  • बीआरआई देशको हितमा हुन्छ भने कम ब्याजदरमा लिँदा गलत हुन्न: ठाकुर गैरे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नजिकिँदै गर्दा महत्वकाङक्षी योजना ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ बीआरआईको विषय यतिबेला चर्चामा छ । प्रधानमन्त्री ओली यहि मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।

    बीआरआई शतप्रतिशत अनुदान भए लिने नत्र लिन नहुने पक्षमा नेपाली कांग्रेसको अडान कायमै छ भने ऋण कि अनुदान भन्नेमा सत्तापक्ष र प्रतिपक्ष दलहरुबीच विवाद र छलफल लगातारजसो भइरहेको छ ।

    यता नेकपा एमालेका नेताहरुबीच पनि यस विषयमा फरकफरक धारणा आइरहेका छन् । एमाले नेता ठाकुर गैरेले बीआरआई अन्तर्गत अनुदान अथवा ऋण देश र जनताको हितमा छ या छैन भन्ने कुरा पहिलो प्राथमिकतामा पर्ने बताउनुभएको छ । यस विषयमा छलफल गरेर सबैको सहमतिमा मात्रै अन्तिम निष्कर्षमा पुग्ने नेता गैरेको भनाइ रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गैरेले गठबन्धनको सरकार भएकाले जे सहमति हुन्छ त्यहि कार्यान्वयन हुने स्पष्ट पार्नुभयो । तर नेता गैरेले भने ऋण लिनै हुन्न भन्ने भन्दा पनि कम ब्याजदरमा लिनेबारे सोच्नुपर्नेमा जोड दिनुभएको छ । यदि देशको हितमा हुन्छ भने कम  ब्याजदरमा लिँदा गलत नहुने उहाँको तर्क रहेको छ ।

    यस्तै, प्रधानमन्त्री ओलीले भने चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने सार्वजनिक कार्यक्रम मार्फत बताइसक्नु भएको छ ।

    यता, एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बीआरआई परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताउनुभएको छ ।

    ज्ञवालीले सो परियोजना चीनसँगको द्विपक्षीय सम्बन्धको मामिला भएकाले त्यसमा अन्य राष्ट्रले चासो लिनु उचित नभएको टिप्पणी गर्नुभयो ।

    सन् २०१७ मे १२ तारिखमा नेपाल र चीनबिच बीआरआई फ्रेमवर्क समझदारी पत्रमा हस्ताक्षर भएको थियो । कांग्रेस सरकारमा रहँदा त्यसबेला सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    प्रधानमन्त्री ओलीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा आज बेइजिङ जाँदै हुनुहुन्छ ।


    बिहिवार, मंसिर १३ २०८१०७:५३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij