काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरू हुँदैछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको एनपीएलको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा भव्य शुभारम्भ हुने क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् । उद्घाटन खेलमा आज विराटनर किङ्स र जनकपुर बोल्टबीच हुनेछ ।
घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट खेल्दैछन् ।
हरेक टिममा न्यूनतम चारदेखि अधिकतम ६ जनासम्म विदेशी खेलाडी छन् । कतिपय टोलीका विदेशी खेलाडी नेपाल आइपुगेका छन् भने कति आउने चरणमा रहेको क्यानले जनाएको छ