Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले चीनमा रहँदा गर्ने सम्झौताले नेपालको विकाशमा फड्को मार्छ:अच्युत मैनाली

प्रधानमन्त्रीले चीनमा रहँदा गर्ने सम्झौताले नेपालको विकाशमा फड्को मार्छ:अच्युत मैनाली

  • मंगलवार, मंसिर १८ २०८१

  • 434
    SHARES

  • प्रधानमन्त्रीले चीनमा रहँदा गर्ने सम्झौताले नेपालको विकाशमा फड्को मार्छ:अच्युत मैनाली

    काठमाडौं । नेकपा एमालेका नेता अच्युत मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालको राजनीतिकमा अत्यन्तै महत्वपूर्ण भएको बताउनुभएको छ ।

    प्रधानमन्त्री ओलीले चीनमा रहँदा गर्ने सम्झौताहरुले नेपालको विकाश र हितमा फड्को मार्ने नेता मैनालीले विश्वास व्यक्त गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मैनालीले बीआरआई योजनाको सन्दर्भमा नेपाल अहिले ऋण थेग्न सक्ने अवस्थामा नरहेकाले अनुदानमा लिनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले पनि सहमति अनुसार नै सम्झौता गर्ने स्पष्ट पार्नुभयो ।

    यस्तै, नेता मैनालीले बीआरआईलाई नयाँ उचाईमा लगेर अनुदान र आपसी सम्बन्धको आधारमा यसलाई विकाश गर्नुपर्नेमा जोड दिनुभयो ।

    अनुदानमा मै बीआरआईलाई अगाडि बढाइने कुरामा आशंका नरहेको उहाँको तर्क छ । यस्तै उहाँले कांग्रेस र एमाले समिकरणमा बनेको वर्तमान सरकार झन् बलियो बनेको दाबी पनि गर्नुभयो ।


    मंगलवार, मंसिर १८ २०८१०९:५४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij