काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ९२ रनले पराजित गरेको हो।
एनपीएल सुरू भएको तेस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा सिमित हुन पुगेको हो । योसँगै विराटनगरले दोस्रो हार ब्योहोरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ बनाइको थियो । यसअघि बिराटनगर जनकपुर बोल्टससँग पराजित भएको थियो, जुन खेल उदघाटनका दिन खेलिएको थियो