Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कर्णालीद्वारा काठमाडौंलाई १५० रनको चुनौती, शिखर धवनले जोडे ७२ रन

कर्णालीद्वारा काठमाडौंलाई १५० रनको चुनौती, शिखर धवनले जोडे ७२ रन

  • बुधवार, मंसिर १९ २०८१

  • 750
    SHARES

  • कर्णालीद्वारा काठमाडौंलाई १५० रनको चुनौती, शिखर धवनले जोडे ७२ रन

    काठमाडौं । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौँ गुर्खाजलाई कर्णाली याक्सले १५० रनको चुनौती पेश गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन जोड्यो ।

    कर्णालीका लागि भारतीय खेलाडी शिखर धवनले शानदार ब्याटिङ गरे । पहिलो खेलमा चल्न नसकेका धवनले आजको खेलमा भने धुँवादार ब्याटिङ गर्दै ७२ रन जोडे । ५१ बलको सामना गरेका उनले ४ चौका र ५ छक्का हिर्काए । धवनले हिर्काएको अर्धशतक यस सिजनको एनपीएलको छैटौं अर्धशतक हो ।

    उनीअघि जनकपुर बोल्ट्सका लहिरु मिलान्था र अनिल साहले अर्धशतक बनाएका थिए । विराटनगर किंग्सका मार्टिन गप्टिल, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र चितवन राइनोजका रवि बोपाराले पनि अर्धशतक बनाएका थिए ।

    ८४ रनमा ५ विकेट गुमेपछि धवनले जीशान मकसुदसँग मिलेर अविजित ६५ रनको साझेदारी गर्दै कर्णालीलाई मध्यम योगफलसम्म पुर्‍याएका हुन् । बलिङतर्फ काठमाण्डुका जेरार्ड एरासमसले २ विकेट लिए भने दिपेश कँडेल, करण केसी, नाथन सोटरले १(१ विकेट लिए । 


    बुधवार, मंसिर १९ २०८१११:१३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij