Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एनपिएलः पोखराको रोमाञ्चक पहिलो जित, लुम्बिनी १० विकेटले पराजित

एनपिएलः पोखराको रोमाञ्चक पहिलो जित, लुम्बिनी १० विकेटले पराजित

  • शुक्रवार, मंसिर २१ २०८१

  • 773
    SHARES

  • एनपिएलः पोखराको रोमाञ्चक पहिलो जित, लुम्बिनी १० विकेटले पराजित

    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखराले पहिलो जित हात पारेको हो।

    लुम्बिनीले जितका लागि दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ दशमलव पाँच ओभरमा एक विकेट पनि नगुमाएर पूरा गरेको हो। पोखराको जितमा दुवै ओपनरको सानदार प्रदर्शन रह्यो।

    पोखराका लागि एन्ड्रिज गौसले शतकीय पारी खेले। उनले ५५ बलमा पाँच छक्का र १२ चौका प्रहार गर्दै अविजित एक सय चार रन बनाए। एनपिएलमा गौसले अहिलेसम्मकै बढी रन बनाएर एनपिएलमा शतक बनाउने पहिलो खेलाडी बनेका छन्।

    पोखराका अर्का ओपनर दिनेश खरेल अर्धशतकीय पारी खेले। उनले पनि अविजित रहँदै ६१ रन बनाए। ४६ बलमा चार छक्का र चार चौकाको मद्दतले उनले ६१ रन बनाए। एनपिएलमा यो पोखराको पहिलो जित हो ।

    पोखरा आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको थियो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले ।

    उनले ५९ बलमा चार छक्का र १० चौका प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए। टम मूर्सले ४५, सन्दीप जोराले १८ र विवेक यादवले दुई रनको योगदान दिए।

    लुम्बिनीका आशुतोष घिरैया र उन्मुक्त चन्द शुन्य रनमा आउट भएका थिए। पोखराका लागि विपिन खत्रीले दुई र म्याट क्रिचलेले एक विकेट हात पारे। एनपिएलमा लुम्बिनीको यो दोस्रो हार हो। यसअघि लुम्बिनी विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो।


    शुक्रवार, मंसिर २१ २०८१०५:५९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij