Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री राणा आज जलवायु सुनुवाइमा हेग जाँदै

परराष्ट्रमन्त्री राणा आज जलवायु सुनुवाइमा हेग जाँदै

  • शनिवार, मंसिर २२ २०८१

  • 680
    SHARES

  • परराष्ट्रमन्त्री राणा आज जलवायु सुनुवाइमा हेग जाँदै

    काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज इन्टरनेसनल कोर्ट अफ जस्टिस(आइसिजे)को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा सहभागी हुन हेग प्रस्थान गर्नुहुने भएको छ।

    नेदरल्यान्डको हेगमा रहेको उक्त अन्तर्राष्ट्रिय न्यायालयमा गत सोमबार(डिसेम्बर २)देखि सुनुवाइ जारी छ। जलवायु परिवर्तनमा राज्यको भूमिका के हुने भन्ने विषयमा विश्वका ९८ देश र १२ विभिन्न अन्तर्राष्ट्रिय निकायले यो सुनुवाइमा भाग लिँदैछन्।

    परराष्ट्रमन्त्री देउवाले आउँदो सोमबार दिनको साढे ३ देखि ४ बजेसम्म अदालतसमक्ष नेपालको मौखिक धारणा राख्ने समयसारिणी तोकिएको छ।

    जलवायु परिवर्तनका लागि जिम्मेवार विकसित राष्ट्रले जलवायु संकट समाधानमा पनि उत्तिकै जिम्मेवारी लिनुपर्ने, जलवायु न्यायको सिद्धान्त स्थापित हुनुपर्ने र जलवायु परिवर्तनबाट प्रभावितहरूप्रति राज्यको दायित्व हुनुपर्नेमा जोड दिने नेपालको तयारी छ।

    परराष्ट्रमन्त्री देउवाको नेतृत्वमा हेग जान लागेको टोलीमा कानुन सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयका दुई अधिकारी तथा ब्रसेल्सस्थित नेपाली राजदूतावासका अधिकारीसहित पाँच जना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


    शनिवार, मंसिर २२ २०८११०:४८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij