काठमाडौं। काठमाडौंम ‘मेरो सारङ्गी रोधी क्लब’ सञ्चालनमा आएको छ । राजधानीको मुटु मानिने दरबारमार्गमा पछिल्लो समयका लोकप्रिय लोक तथा दोहोरी गायक गायिकाहरुले रोधी सञ्चालमा ल्याएका हुन् ।
करिब दुई करोडको लगानी रहेको उक्त रोधी क्लबमा चर्चित गायक प्रदिप रोक्का गायिकाद्वय सङ्गम लामिछाने र जालुमाया गुरुङले सञ्चालनमा ल्याएका हुन् ।
एक कार्यक्रमबीच राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर, इन्द्रेणीका सन्चालक कृष्ण कँडेलले रोधी क्लवको संयुक्तरूपमा रिबन काटेर शुक्रबार उद्घाटन गरेका छन् ।
उक्त उद्घाटन कार्यक्रममा गायिका सर्मिला गुरुङ, गायिका जुना श्रीस मगर, राष्ट्रिय संगीतकर्मी संंघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल लगायतको उपस्थिति रहेको थियो ।
सन्चालाक प्रदिप रोकाका अनुसार यो क्लबले नेपालको मौलिक कला तथा संस्कृतिको प्रचार तथा प्रसारमा विशेष जोड दिनेछ ।