Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

जम्मू–काश्मिर सीमामा भारत–पाकिस्तानबीच झडप हुँदा १६ जनाको मृत्यु

जम्मू–काश्मिर सीमामा भारत–पाकिस्तानबीच झडप हुँदा १६ जनाको मृत्यु

  • शनिवार, कार्तिक २९ २०७७

  • 1.6K
    SHARES

  • जम्मू–काश्मिर  सीमामा भारत–पाकिस्तानबीच झडप हुँदा १६ जनाको मृत्यु

    एजेन्सी । जम्मू–काश्मिरस्थित भारत–पाकिस्तान सीमामा शुक्रबार भएको झडपमा १६ जनाको मृत्यु भएको छ । जसमा तीनजना भारतीय सैनिक र एकजना पाकिस्तानी सैनिक पनि रहेका छन् । दुवै पक्षका गरी कम्तीमा ३६ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

    दुवै पक्षले एक अर्कालाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । पाकिस्तानी अधिकारीहरुले शुक्रबार राति भारतले रकेट र मोर्टार सेल प्रहार गर्दै द्वन्द्वको सुरुवात गरेको आरोप लगाएको छ ।

    पाकिस्तानी अधिकारीका अनुसार एक पाकिस्तानी सैनिक र पाँच सर्वसाधारणको भारतीय आक्रमणमा परी मृत्यु भएको छ ।

    त्यस्तै, पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार आक्रमणमा परी ३० जना सर्वसाधारण र पाँचजना सैनिक घाइते भएका छन् । भारतीय अधिकारीका अनुसार पाकिस्तानले गरेको आक्रमणमा परी ६ सर्वसाधारण, तीन सैनिक र एकजना बिबिएसएफ जवानको मृत्यु भएको छ ।

    भारतीय सेनाले पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्दै पहिले आक्रमण गरेको आरोप लगाएको छ । जवाफी कारबाहीमा पाकिस्तानतर्फको भौतिक संरचना ध्वस्त बनाएको भारतीय सेनाले दाबी गरेको छ ।

    पाकिस्तानी अधिकारीले भने पाकिस्तान प्रशासित जम्मू–कश्मीरको निलम र लिपा उपत्यकामा सर्वसाधारणलाई लक्षित गरी भारतले आक्रमण गरेको आरोप लगाएका छन् ।

     


    शनिवार, कार्तिक २९ २०७७०७:१९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij