Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारले रवि लामिछानेलाई अनावश्यक रुपमा सताइरहेको छ: हितबहादुर तामाङ

सरकारले रवि लामिछानेलाई अनावश्यक रुपमा सताइरहेको छ: हितबहादुर तामाङ

  • आइतवार, मंसिर ३० २०८१

  • 552
    SHARES

  • सरकारले रवि लामिछानेलाई अनावश्यक रुपमा सताइरहेको  छ: हितबहादुर तामाङ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई अनावश्यक रुपमा सताइरहेको आरोप लगाउनु भएको छ ।

    भ्रष्टाचारमा मुछिएका नेता र सांसद सबैलाई समानताको आधारमा कारवाही र कानुनी दायरामा ल्याउनुपर्नेमा एक व्यक्तिको पछि लागेर अनावश्यक दुख दिइरहेको पूर्वमन्त्री समेत रहनुभएका तामाङको भनाइ छ ।

    वर्तमान सरकारले समान खालका मुद्दामा जोडिएका सत्तापक्षका नेतालाई संरक्षण गरेर प्रतिपक्षका नेतालाई फसाउने र दुख दिने काम गरिरहेको उहाँको आरोप रहेको छ ।

    पछिल्लो समय माओवादीका नेताहरुले पूर्वगृहमन्त्री लामिछानेको बचाउमा अधिव्यक्ति राखिरहेका छन् । केहि दिन अगाडिमात्रै पनि अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले एक सार्वजनिक कार्यक्रममा लामिछानेमाथि सरकारले प्रतिशोष साँधेको आरोप लगाउनुभएको थियो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले गृहमन्त्री रमेश लेखकले कुनै पनि व्यक्तिको मानव अधिकार हनन् नगरिएको बताउँदै आइरहे पनि व्यवहारिक रुपमा नदेखिएको तर्क गर्नुभयो ।

    सहकारीमा जोडिएका जुनसुकै व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउँछौ भनेर बोल्ने सरकारले व्यवहारमा भने फरक गरिरहेको उहाँको टिप्पणी रहेको छ ।

    यस्तै सरकार अपराध तथा भष्टचारको विषय, जनताको समस्या महङ्गीको विषयमा मौन रहेको समेत नेता तामाङको भनाइ छ ।

    सरकारले लोकतन्त्रको नाममा उपहास गरिरहेको उहाँको आरोप रहेको छ । भर्खरै सम्पन्न उपनिर्वाचनमा सतापक्ष र प्रतिपक्षप्रति जनताको असन्तुष्टि प्रष्ट देखिएको बताउँदै उहाँले आगामी निर्वाचनमा यसको सम्पूर्ण परिणाम देखिने तर्क गर्नुभयो ।


    आइतवार, मंसिर ३० २०८१०९:२३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij