Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ठगी र भ्रष्टाचारमा दोषि ठहरिएका जुनसुकै व्यक्ति पनि कानुनी कारवाहीमा आउँछन्: महेश बर्ताेला

ठगी र भ्रष्टाचारमा दोषि ठहरिएका जुनसुकै व्यक्ति पनि कानुनी कारवाहीमा आउँछन्: महेश बर्ताेला

  • बुधवार, पौष ३ २०८१

  • 722
    SHARES

  • ठगी र भ्रष्टाचारमा दोषि ठहरिएका जुनसुकै व्यक्ति पनि कानुनी कारवाहीमा आउँछन्: महेश बर्ताेला

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताेलाले वर्तमान सरकारले कानुनबमोजिम काम गर्ने बताउनुभएको छ ।

    विभिन्न ठगी र भ्रष्टाचारमा दोषि ठहरिएका जुनसुकै पनि व्यक्तिलाई अनुहार र राजनीति रङका आधारमा नहेर्ने दाबी गर्दै उहाँले प्रमाण र तथ्यका आधारमा दोषी देखिने जो कोहिलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो ।

    एमाले नेता तथा संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध सहकारी ठगी कसुरमा पक्राउ पुर्जी जारी भएको प्रसंगमा नेता बर्तौलाले उहाँ दोषि सावित भए कानुनी कारवाहीमा आउने र सजाय पाउनेमा विशवास दिलाउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बर्तौलाले सरकारको तर्फबाट गरिने अनुसन्धानको प्रक्रियामा कसैमाथि पनि पूर्वाग्रह नहुने स्पष्ट पार्नुभयो यस्तै जहाँ–जहाँ जस्को बारेमा उजुरी परेको छ ती व्यक्तिमाथि प्रमाणसहित सावित भए सत्तापक्षका नेता मन्त्री र सरकारबाहिरका व्यक्ति जुनसुकै भए पनि कारवाही हुने दोहोर्‍याउनुभयो ।

    यस्तै अर्को प्रसंगमा नेता बर्तौताले वर्तमान गठबन्धनमा कुनै पनि समस्या नआएको बताउनुभएको छ ।

    आगामी निर्वाचनसम्मै रहने सरकार भएकाले विभिन्न किसीमका टिकाटिप्पणीहरु बाहिर आउनुले केहि असर नपार्ने उहाँको दाबी छ ।


    बुधवार, पौष ३ २०८१०९:१५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij