Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आधिकारिक निकायबाट श्रम स्विकृती लिएर मात्रै वैदेशिक रोजगारीमा जान बोर्डका निर्देशकको आग्रह

आधिकारिक निकायबाट श्रम स्विकृती लिएर मात्रै वैदेशिक रोजगारीमा जान बोर्डका निर्देशकको आग्रह

  • बुधवार, पौष ३ २०८१

  • 1.1K
    SHARES

  • आधिकारिक निकायबाट श्रम स्विकृती लिएर मात्रै वैदेशिक रोजगारीमा जान बोर्डका निर्देशकको आग्रह

    काठमाडौं । वैदेशिक रोजगार बोर्डका निर्देशक तथा प्रवक्ता टिकाराम ढकालले वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई सुरक्षित तवरले आप्रवासन गराउन कसरी सकिन्छ भन्नेतर्फ लागिपरेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता ढकालले वैदेशिक रोजगारमा जानेहरुले नेपाल सरकारको मापदण्ड पूरा गरि, आधिकारिक निकायबाट श्रम स्विकृती लिएर मात्रै जान आग्रह समेत गर्नुभएको छ ।

    रोजगारीमा गएर दुख पाउनेमा श्रम स्किृती लिएर जाने भन्दा अरु नै भिषामा जानेहरु धेरै भएकाले त्यस्ता व्यक्तिहरुको उद्धार गर्न असहज हुने बताउँदै उहाँले सीप सिकेर र सहि सूचना लिएर मात्रै वैदेशिक रोजगारमा जान आग्रह गर्नुभयो ।
    बोर्डको तथ्याङक अनुसार ७ लाख ४१ हजार आधिकारीक निकायबाट रोजगारीमा गएका छन् भने यो भन्दा धेरै संख्यामा गैरकानुनी ढंगबाट गएको देखिएको उहाँको भनाइ छ ।

    आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । प्रवक्ता ढकालका अनुसार दिसवसको नारा पनि ‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने तय गरिएको छ ।


    बुधवार, पौष ३ २०८१०९:१९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij