Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

एक महिनामै ५३ करोडको ‘भाइ मसला’ आयात

एक महिनामै ५३ करोडको ‘भाइ मसला’ आयात

  • आइतवार, कार्तिक ३० २०७७

  • 2.1K
    SHARES

  • एक महिनामै ५३ करोडको ‘भाइ मसला’ आयात

    काठमाडौं । यस वर्षको तिहारका लागि भाइमसला मात्रै ५३ करोड ७४ लाख रुपैयाँ बराबरको आयात भएको छ । कात्तिक १ देखि २७ गतेसम्म ५३ करोड ७४ लाख ७४ हजार ४२२ रुपैयाँ बराबरको भाइ मसलामा प्रयोग हुने खाद्य वस्तु तथा मसला आयात भएको विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिनुभयो ।

    चार साता अवधिमा तिहारको भाइमसलामा प्रयोग हुने काजु, नरिवल, बखाम, अलमण्ड, ओखर, पिस्ता, खजुर, छोकडा, अजिर, किसमिस र सुपारी आयात भएको हो । विभागका अनुसार तिहारका लागि अति आवश्यक मानिने ओखर मात्रै १० करोड ५७ लाख ५१ लाख रुपैयाँ बराबरको तीन लाख ३९ हजार किलो भित्रिएको छ ।

    यस्तै, ११ करोड ५९ लाख रुपैयाँ बराबरको १२ लाख ६९ हजार किलो नरिवल, १९ करोड ३५ लाख रुपैयाँ बराबरको दुई लाख ४६ हजार किलो काजु पनि चार साता अवधिमा आयात भएको छ ।

    ६ करोड २८ लाख रुपैयाा बराबरको ९३ हजार किलो बदाम र अलमण्ड पनि तिहारकै लागि नेपाल भित्रिएको छ ।

     


    आइतवार, कार्तिक ३० २०७७०२:५७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij