Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अराजक प्रवृती देखाउने र पार्टीपङतीलाई बिगार्न खोज्नेलाई निष्कासन गरेका हौं: सूर्य थापा

अराजक प्रवृती देखाउने र पार्टीपङतीलाई बिगार्न खोज्नेलाई निष्कासन गरेका हौं: सूर्य थापा

  • शुक्रवार, पौष १२ २०८१

  • 543
    SHARES

  • अराजक प्रवृती देखाउने र पार्टीपङतीलाई बिगार्न खोज्नेलाई निष्कासन गरेका हौं: सूर्य थापा

    काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले भीम रावललाई बोलेकै आधारमा मात्रै निष्कासन गरेको कुरा गलत भएको बताउनुभएको छ ।

    अध्यक्षको आलोचना गर्न पाइने भए पनि अराजक प्रवृती देखाउने, सबैतिर पार्टीपङतीलाई बिगार्न खोज्ने व्यक्तिलाई निष्कासन गरिएको भने नेता थापाले स्पष्ट पार्नुभयो ।

    एमालेले नेता रावललाई पार्टीबाट निष्कासन गरेको छ भने स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको छ ।

    नेपाली रेडियोनेटवर्कको नेपाली बहसमा पत्रकार ऋसषि धमलासँग कुरा गर्दै नेता थापाले पार्टीका केन्द्रीय सल्लाहकार रहेका नेता रावलले सल्लाहकारको भूमिका ननिभाएकोले पार्टीको सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको बताउनुभयो ।

    रावलले व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय बनाउन पार्टीले दान लिएको विषयलाई आलोचना गर्नुभएको थियो । रावलसहित तीन जनालाई गत कात्तिक ४ गते स्पष्टीकरण सोधिएको थियो ।

    पाण्डे र तिम्सिनाले कात्तिक १२ मा स्पष्टीकरण दिँदै ‘एउटै व्यक्तिको दानबाट पार्टी मुख्यालय बनाउने निर्णय गलत भएको टिप्पणी गर्नु कारबाहीको विषय नभएको’जवाफ दिएका थिए । एमालेमा निष्क्रिय रहेका रावलले भने स्पष्टीकरण नै दिनुभएको थिएन ।

    पार्टीकै समर्थक गुरुङको आफूले व्यवसाय, उद्यम र आजर्न गरेको सम्पत्तिमध्येबाट कार्यलय बनाइदिन्छु भन्ने सोचमा आत्मनिन्दाको बाटोमा कोहि पनि लाग्न नहुने नेता थापाको भनाइ छ पार्टीविरुद्ध बोल्नु फरक मत नभएको पनि उहाँको तर्क छ ।

    विमत्ती, असमझदारी भए बैठकमा राख्न सक्ने व्यवस्था हुँदाहुँदै सार्वजनिक रुपमा पार्टीले गरेका कामको नकारात्मक भाष्य सिर्जना गर्नेगरि विरोधको तरिका अपनाउनु गलत भएको समेत नेता थापाको भनाइ छ ।


    शुक्रवार, पौष १२ २०८१०९:५७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij