Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राप्रपा अध्यक्ष थापाले लगाए तीन बहिनीको हातबाट टीका

राप्रपा अध्यक्ष थापाले लगाए तीन बहिनीको हातबाट टीका

  • सोमवार, मंसिर १ २०७७

  • 1.3K
    SHARES

  • राप्रपा अध्यक्ष थापाले लगाए तीन बहिनीको हातबाट टीका

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले तीन बहिनीको हातबाट भाइटीका लगाउनुभएको छ ।

    थापाले बहिनीहरू बिमला विष्ट, रीता थापा र बशु कार्कीको हातबाट दाजु नेत्रबहादुर र भाइ गणेश थापासहित टीका ग्रहण गर्नुभएको हो ।

    विदेशमा रहेकी बहिनी शान्तु अधिकारीलाई टाढाबाटै आशीर्वाद दिएको थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

    ‘दिदीबहिनी दाजुभाइबीच माया, सद्भाव र आत्मियताको रमाइलो पर्व भाइटीकाको अवसरमा सबै दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना’, उहाँले लेख्नुभएको छ, ‘बहिनीहरु विमला विष्ट, रीता थापा र बशु कार्कीको हातबाट दाजु नेत्रबहादुर र भाइ गणेश थापासहित टीका ग्रहण गरियो । विदेशमा रहेकी बहिनी शान्तु अधिकारीलाई टाढाबाटै आशीर्वाद !’

    Capture.PNG

     


    सोमवार, मंसिर १ २०७७०२:०१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij