Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारको निरन्तरता र सफलता नै अहिलेको मुख्य काम: राजेन्द्र गौतम

सरकारको निरन्तरता र सफलता नै अहिलेको मुख्य काम: राजेन्द्र गौतम

  • आइतवार, पौष २१ २०८१

  • 515
    SHARES

  • सरकारको निरन्तरता र सफलता नै अहिलेको मुख्य काम:  राजेन्द्र गौतम

    काठमाडौं । नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सत्तामा सहकार्य र एकता राजनीतिमा प्रतिष्पर्धाको नीतिबाट अगाडि बढ्न एमाले र कांग्रेसको समिकरण बनेको बताउनुभएको छ ।

    वर्तमान सरकारको मुख्य उदेश्य नै मुलुकको अस्थिरता र अराजकतालाई रोक्ने, बिग्रदो अर्थव्यवस्थालाई लयमा फर्काउने र संविधानको १० वर्षे पुनरावलोकन गर्ने काम पनि यहि सरकारको नेतृत्वमा गर्ने भएको नेता गौतमको भनाइ छ ।

    यस्तै गठन अगाडि गरिएका सहमति अनुसार सरकार अगाडि बढिरहेको पनि उहाँको दाबी छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गौतमले गठबन्धन सरकारलाई प्रभावकारी बनाउने, सरकारको विकल्पमा अर्को कुनै पनि सरकारको परिकल्पना गर्न नसकिने र सात बुँदे सहमतिका आधारमा सरकार गठन भएकाले आगामी ०८४ को निर्वाचन सम्मै रहने कुरामा कुनै पनि शंका नरहेको स्पष्ट पार्नुभयो ।

    वर्तमान सरकारको विकल्पमा अहिले अन्यथा सोच्न नसकिने बताउँदै उहाँले राष्ट्रिय चासो र राष्ट्रलाई प्रभावित पार्ने मुद्दाहरुमा केन्द्रित भएको बनेको सरकार भएकाले यसको निरन्तरता र सफलता नै अहिलेको मुख्य काम भएको तर्क गर्नुभयो । यस्तै वर्तमान सरकारबाट जनता सुन्तुष्ट भएको समेत उहाँको दाबी छ ।


    आइतवार, पौष २१ २०८१०९:००:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij