Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तिब्बत भूकम्प : ९५ जनाको मृत्यु , भूकम्पपछि चीनले लगायो सगरमाथा क्षेत्र प्रवेशमा रोक

तिब्बत भूकम्प : ९५ जनाको मृत्यु , भूकम्पपछि चीनले लगायो सगरमाथा क्षेत्र प्रवेशमा रोक

  • मंगलवार, पौष २३ २०८१

  • 644
    SHARES

  • तिब्बत भूकम्प :  ९५ जनाको मृत्यु , भूकम्पपछि चीनले लगायो सगरमाथा क्षेत्र प्रवेशमा रोक

    काठमाडौं । तिब्बतको सिगात्से सहरमा आज गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार आज बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको हो ।

    स्थानीय समयअनुसार आज बिहान नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।

    तिब्बतको स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरले जनाएको छ । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर छ ।

    यूएस जियोलोजिकल सर्भेले भने भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ भने नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।

    चीनले भूकम्पपछि पर्यटकलाई सगरमाथा क्षेत्र प्रवेशमा अस्थायी रोक लगाएको छ । तिब्बतको दिंग्री आसपास मंगलबार बिहान ७ म्याग्निच्युड (भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार)को भूकम्प गएपछि चीनले आफ्नोतर्फबाट हुने सगरमाथा क्षेत्र प्रवेशमा रोक लगाएको हो ।

    नेपालबाट भने यस सम्बन्धमा कुनै निर्णय भएको छैन । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले पर्यटनको सिजन नभएकाले हिमाल आरोहण र सगरमाथा आधार शिविरमा पर्यटक नै नरहेको जानकारी दिनुभयो।


    मंगलवार, पौष २३ २०८१०३:१३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij