Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

माओवादी सुध्रिएर जनतामाझ जान्छ, आगामी निर्वाचनमा पहिलो बन्छ: जनार्दन शर्मा

माओवादी सुध्रिएर जनतामाझ जान्छ, आगामी निर्वाचनमा पहिलो बन्छ: जनार्दन शर्मा

  • बुधवार, पौष २४ २०८१

  • 510
    SHARES

  • माओवादी सुध्रिएर जनतामाझ जान्छ, आगामी निर्वाचनमा पहिलो बन्छ: जनार्दन शर्मा

    काठमाडौं । प्रमुखप्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको मुख्य उदेश्य नै जनताबिच जानु भएको बताउनुभएको छ ।

    जनतासँग प्रत्यक्ष भेट गर्ने, उनिहरुको समस्याहरुको समाधानमा पहल गर्नु नै माओवादीको पहिलो प्राथमिकता भएको नेता शर्माको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका शर्माले पार्टीका सबै नेताहरुको बानी, आचरणहरु सुध्रिनुपर्नेमा जोड दिदै सबैको सम्पत्तिको छानविन गरेर पार्टीलाई रुपान्तरण गर्ने स्पष्ट पार्नुभयो ।

    पार्टीमा देखिएका केहि कमिकमजोरीहरुलाई सुधार गर्दै अब सशक्त बनेर अगाडि बढ्ने र आगामी निर्वाचनमा जनताको मन जितेर देखाउने समेत उहाँको दाबी छ ।

    गत मंसिरमा सम्पन्न उपनर्विाचन देखि नै माओवादी पार्टीमा जनताको विश्वास फर्किएको झल्को देखिएकाले अब पूर्णरुपमा जनता केन्द्रित भएर अगाडि बढ्ने नेता शर्माको भनाइ छ ।

    विगतमा आफूहरु सुविधाभोगी भएर पहिलो पार्टी बनाएका जनतालाई छाडेको कारण नै तेस्रो बन्न पुगेको स्विकार गर्दै नेता शर्माले अब जनताका भावना अनुसार नै आफूहरु चल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    माओवादीले सुरुको ६ महिना अभियानमा जाने र त्यसपछि अर्को ६ महिनाको तयारी गरेर नयाँ विचार संष्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।

    माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध दिसव मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।

    यस्तै नेता शर्माले एमाले र कांग्रेसको समिकरणमा बनेको वर्तमान सरकार पूरा असफल देखिएको पनि आरोप लगाउनुभएको छ ।


    बुधवार, पौष २४ २०८१०८:४८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij