Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता

दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता

  • बिहिवार, पौष २५ २०८१

  • 749
    SHARES

  • दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता

    काठमाडौं । दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले उनीविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

    यसअघि प्रसाईंविरुद्ध साइबर अपराधको आरोपमा पनि मुद्दा दायर भएको थियो । त्यस कसुरमा ४० हजार रुपैयाँ धरौटीमा रिहा भएका प्रसाईंविरुद्ध फेरि अर्को मुद्दा दर्ता भएको हो ।

    प्रसाईसहित पाँचथर घर भई झापाको मेचिनगर १३ चारआली बस्ने नविन प्रधान भन्ने हरिचन्द्र फुयाल र तेह्रथुमको आठराई ६ घर भई झापाको बिर्तामोड बस्ने रामचन्द्र मैनालीलाई पनि प्रतिवादी बनाइएको छ ।

    प्रसाईंसहितका व्यक्तिले धम्क्याएको भन्दै नेपाल राष्ट्र बैंक, व्यवसायी पवनकुमार गोल्यान र दिपेन्द्र अग्रवालले सीआईबीमा जाहेरी दिएका थिए ।

    प्रसाईं र फुयालबीच पैसा लेनदेनको विषयमा कुराकानी भएको पनि प्रमाण फेला परेको छ ।


    बिहिवार, पौष २५ २०८१०८:१४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij