Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

  • बुधवार, माघ २ २०८१

  • 577
    SHARES

  • दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

    एजेन्सी । दक्षिण कोरियामा भ्रष्टाचार विरोधी निकाय सीआईओका अनुसन्धानकर्ताहरूले निलम्बित राष्ट्रपति यून सुक योललाई पक्राउ गरेका छन्। यसै महिनाको सुरूमा गरिएको पक्राउको पहिलो प्रयास भने असफल भएको थियो। यूनलाई मोटरमा राखेर सीआईओको मुख्यालयतर्फ लगिएको कोरियाली समाचारमाध्यम योनहापले जनाएका छन्।

    निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न प्रहरी र अनुसन्धानकर्ताहरू सिँढीको प्रयोग गरेर राष्ट्रपति निवासभित्र प्रवेश गरेका थिए। सुरूमा राष्ट्रपतीय सुरक्षा सेवाका सुरक्षाकर्मीले राष्ट्रपति निवासको प्रवेशद्वार नजिक सवारी साधन तेर्स्याएर उनीहरूलाई अघि बढ्नबाट रोक्ने प्रयास गरेका थिए।

    साथै सत्तारुढ दलका केही सांसद र यूनका कानुन व्यवसायीहरूको एक समूहले पनि उनीहरूलाई प्रवेशद्वारमै रोक्ने प्रयास गरेको थियो। राष्ट्रपति आवास बाहिर यूनका समर्थक र विरोधीको ठूलो भीड लागेको छ। निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न अदालतले डिसेम्बर ३१ मा पक्राउ पुर्जी जारी गरेको थियो।

    देशमा सैन्य कानून लागू गर्ने असफल प्रयास गरेको विषयमा युन विरुद्ध देशद्रोह र शक्तिको दुरुपयोग गरेको भन्दै फौजदारी अभियोगमा अनुसन्धान भइरहेको छ।

    यूनले गत डिसेम्बर ३ को मध्यराति देशमा मार्शल ल घोषणा गरेका र्थि। यद्यपि त्यो घोषणा ६ घण्टा पनि टिक्न सकेको थिएन।

    तत्काल संसद्को बैठक बसेर सांसदहरूले अमान्य घोषणा गरेपछि यूनले मार्शल ल फिर्ता लिएका थिए। सोही विषयलाई लिएर संसद्ले डिसेम्बर १४ मा यून विरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो।

    महाभियोग पारित भएसँगै निलम्बनमा परेका यूनविरुद्ध संवैधानिक अदालतमा सुनुवाइ भइरहेको छ। संवैधानिक अदालतले महाभियोग सदर गरेमा यून पदबाट बर्खास्त हुनेछन्।

     


    बुधवार, माघ २ २०८१०९:४३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij