Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन

मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन

  • मंगलवार, आषाढ २३ २०७७

  • 930
    SHARES

  • मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ । गुठी संस्थान कार्यालयले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताउनुभयो ।

    यसअघि ‘रक्तावला ‘कितेश्वर’ को रथारोहण भोली हुने भनिएको थियो । विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पनि बढ्दै गएको छ ।

    मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले भोलीउत्तम साइत रहेको ठहर गरी पुल्चोकमा धमाधम वर्षा र सहकालका देवता बुँगद्योको रथ निर्माणको काम आजसम्म भइरहेको थियो ।

    केही दिनअघि संस्थान ललितपुरले तःबहालस्थित हाल राखिएको पाटीको भित्तामा समेत असार २४ गते रथारोहण हुने भनेर सूचना टाँस गरिसकेको थियो ।


    मंगलवार, आषाढ २३ २०७७०७:१७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij