Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सदन हुँदाहुँदै अध्यादेश ल्याउनु गलत: डा. चन्द्र भण्डारी

सदन हुँदाहुँदै अध्यादेश ल्याउनु गलत: डा. चन्द्र भण्डारी

समृद्धिको लागि नयाँ अवधारणा प्रस्तुत
  • शनिवार, माघ ५ २०८१

  • 894
    SHARES

  • सदन हुँदाहुँदै अध्यादेश ल्याउनु गलत: डा. चन्द्र भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले सदन हुँदाहुँदै अध्यादेश ल्याउनु गलत भएको बताउनुभएको छ ।

    सरकारले संसद छलेर अध्यादेश ल्याउनु भनेको संविधान र संसदीय व्यवस्थामाथिको अविश्वास भएको नेता भण्डारीको भनाइ रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेस सांसद भण्डारीले सरकारले ल्याएको अध्यादेश हुकुम लाद्ने शैली र अप्रजातान्त्रि कुरा भएको आरोप लगाउनुभयो ।

    अध्यादेशप्रति असहमति जनाउँदै नेता भण्डारीले सरकारको कार्यशैलीको आलोचनासमेत गर्नुभएको छ । दुई ठूला दलहरूको सरकारबाट विकास, निर्माण, नयाँ योजना र नीतिमा केन्द्रित हुने अपेक्षा रहे पनि त्यस्तो नभएको उहाँको आरोप छ । यद्यपि, कांग्रेस एमाले गठबन्धन हाललाई तोड्न नहुने र सरकारको काम सुधार्न दवाव दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

    मुलुक र जनतालाई केन्द्रमा राखेर काम गर्ने कुनै पनि दल, नेता र मन्त्रीको प्राथमिकतामा कहिले नपरेको गुनासो गर्दै नेता भण्डारीले जुन सरकार आए पनि जनताको अवस्था नफेरिनु निकै दुखद भएको जिकिर गर्नुभयो ।

    सरकारमा हुँदा केहि नगर्ने प्रतिपक्षमा हुनासाथ विभिन्न टिकाटिप्पणी र आरोप लगाउने पूरानै शैली अहिले पनि दोहोरिरहेको उहाँको दाबी छ । हिजो सरकारमा भएकाले केहि नगरेर बाहिरिए आज उनैले सरकारको विरोध गर्नु अलिकति पनि नसुहाएको समेत नेता भण्डारीले टिप्पणी गर्नुभयो ।

    यस्तै अर्को प्रसंगमा नेता भण्डारीले देशको विकासका लागि विषेश अवधारणा प्रस्तुत गर्नु भएको छ । उहाँले कर्णाली र सुदूरपश्चिमको विकासका लागि विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    कर्णालीमा जल, जंगल, र जडीबुटीको प्रभावकारी उपयोग गर्ने परियोजनाहरु सञ्चालन गर्नुपर्ने भण्डारीको धारणा रहेको छ । ‘यदि ती परियोजनामा स्थानीय बासिन्दालाई निश्चित प्रतिशत सेयर दिने व्यवस्था गरियो भने स्थानीयले ती परियोजनाहरु निर्माणमा सहयोग मात्र गर्दैनन्, उनीहरु आर्थिक रूपमा सशक्त पनि बन्छन् । यसले सुदूरपश्चिम र कर्णालीलाई एकाएक समृद्ध बनाउँछ, जसको प्रभाव समग्र देशमा देखिन्छ’ उहाँले भन्नुभयो ।

    मुलुक वृद्धाश्रमजस्तो बन्न थालेको भन्दै यसबारे गम्भीरतापुर्वक सोच र समाधान खोज्नु पनि नेताहरुलाई उहाँले आग्रह गर्नुभयो ।


    शनिवार, माघ ५ २०८१०८:४६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij