Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई देशभरि संगै निस्किएर जनतामा एमाले र माओवादीमा कस्को बढि प्रभाव रहेछ हेर्न सूर्य थापाको चुनौती

प्रचण्डलाई देशभरि संगै निस्किएर जनतामा एमाले र माओवादीमा कस्को बढि प्रभाव रहेछ हेर्न सूर्य थापाको चुनौती

  • बुधवार, माघ ९ २०८१

  • 613
    SHARES

  • प्रचण्डलाई देशभरि संगै निस्किएर जनतामा एमाले र माओवादीमा कस्को बढि प्रभाव रहेछ हेर्न सूर्य थापाको चुनौती

    काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई देशभरि संगै निस्किएर जनतामा एमाले र माओवादीमा कस्को बढि प्रभाव रहेछ हेर्न चुनौती दिनुभएको छ ।

    सरकारबाट बाहिरिएर प्रतिपक्षमा रहनुपरेको छट्पटी र पिडामा रहेका प्रचण्डले सरकार र एमालेविरुद्ध जे पनि बोल्दै हिड्ने गरेको आरोप लगाउँदै उहाँले एकपटक जनतामाझ गएर हेर्न आग्रह गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले प्रतिपक्षको नेताले रचनात्मक भुमिका, सुझाव र सरकारलाई खबरदारी गर्नु स्वभाविक भए पनि प्रचण्ड भने अहिले निकै छट्पटिमा रहेको स्पष्ट पार्नुभयो ।

    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले पछिल्लो समय हरेक जसो सार्वजनिक कार्यक्रमहरुमा वर्तमान सरकार धेरै टिक्दैन, यो अप्राकृतिक छ भनेर दाबी गर्दै आइरहेको छ ।

    भन्नेवित्तिकै ढल्ने सरकार कमजोर नभएकाले प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने नेता थापाको भनाइ छ ।

    सत्ताको मोहबाहेक अरुमा ध्यान नभएका प्रचण्डले सरकारलाई ढाल्न अनेक प्रपन्च गरिरहेको आरोप लगाउँदै नेता थापाले उहाँका सबै प्रयास असफल हुने टिप्पणी गर्नुभयो ।


    बुधवार, माघ ९ २०८१०९:४९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij