Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुशासन र भूमिको समस्या समाधान गर्नका लागि अध्यादेश आवश्यक थियो: योगेश भट्टराई

सुशासन र भूमिको समस्या समाधान गर्नका लागि अध्यादेश आवश्यक थियो: योगेश भट्टराई

  • बिहिवार, माघ १७ २०८१

  • 504
    SHARES

  • सुशासन र भूमिको समस्या समाधान गर्नका लागि अध्यादेश आवश्यक थियो: योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले भर्खरै ल्याएका अध्यादेश आवश्यकताका आधारमै ल्याएको स्पष्ट पानुभएको छ । भोलिको संसद बैठकबाट अध्यादेश पास हुने समेत नेता भट्टराईको भनाइ छ । संसदको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदै छ ।

    अध्यादेशहरु संसदको पहिलो बैठकको सुरुवात मै प्रस्तुत गर्ने सरकारको तयारी रहेको पूर्वमन्त्रीसमेत रहनुभएका भट्टराईले जानकारी दिनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले कसैको दल फूटाउन नभइ सुशासनका लागि, आर्थिक क्रियाकलाप बढाउन र भूमिको समस्या समाधान गर्नका लागि ल्याइएको स्पष्ट पार्नुभयो ।

    यस्तै सरकारले ल्याएका अध्यादेश जनपक्षिय भएको दाबी गर्दै केहि कमिकमजोरी देखिए प्रतिस्थापन विद्येयकमार्फत संशोधन पनि गरिने नेता भट्टराईको भनाइ छ ।

    यस्तै संघीय संसदमा दर्ता भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विद्येयकका प्रसंगमा नेता भट्टराईले यो कुरामा आचारसंहितामा रहेर काम गर्नेहरु नआत्तिन आग्रह गर्नुभएको छ । यो विषयमा नेपाल पत्रकार महासङ्घलगायत विभिन्न संघहरुले आपत्ति जनाएका छन् ।

    सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानसहित विधेयक दर्ता गरेको भन्दै चौतर्फि आलोचना भइरहेको बेला नेता भट्टराईले यो अति आवश्यक विद्येयक भएको स्पष्ट पार्नुभयो ।

    यता महासंघले भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन र नियन्त्रण गर्ने कुनै पनि कानून स्वीकार्य नहुने जनाएको छ ।

    यसैबीच अर्को प्रसंगमा नेता भट्टराईले वर्तमान सरकार आगामी निर्वाचनसम्मै रहनेमा विश्वास व्यक्त गर्नुभएको छ । प्रतिपक्षले जति ढलाउन खोजे पनि यो नढल्ने दाबी गर्दै सरकारले जनता र मुलुकको लागि काम गरिरहेकाले आगामी निर्वाचनमा जनताले कस्लाइ कति विश्वास गरेका छन् भन्ने कुरा प्रष्टै हुने बताउनुभएको छ ।


    बिहिवार, माघ १७ २०८१०८:५२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij