Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारले ल्याएको अध्यादेश अस्विकार गर्छौ: सुदन किराँती

सरकारले ल्याएको अध्यादेश अस्विकार गर्छौ: सुदन किराँती

  • मंगलवार, माघ २२ २०८१

  • 575
    SHARES

  • सरकारले ल्याएको अध्यादेश अस्विकार गर्छौ: सुदन किराँती

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले सरकारले ल्याएको अध्यादेश अस्विकार गर्ने चेतावनी दिनुभएको छ ।

    आफूहरु संसदमा खरोरुपमा उत्रिने बताउँदै उहाँले कुनै पनि हालतमा वर्तमान सरकारले असंवैधानिक, गैरकानुनी ढंगले ल्याएको अध्यादेशलाई स्विकार गर्न नसकिने स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता किराँतीले नाताशाही प्रवृतीले सरकार चलिरहेको आरोप लगाउँदै कांग्रेस र एमालेले बहुमतको दम्भ देखाइरहेको आरोप लगाउनुभयो ।

    केपी ओली नेतृत्वको सरकार बनेदेखि देशमा भ्रष्टाचार, कुशासन र बेथिती मौलाउँलै गइरहेको र जनतामा निरामा र वितृष्णा बढिरहेको पनि नेता किराँतीको टिप्पणी रहेको छ ।

    संसदका दुई ठुला दल मिलेर बनेको सरकारबाट जनताले केहि आस राखे पनि अहिलेसम्म देखिने काम नभएको र हुन्छ भन्ने आस र भरोसा पनि अब नरहेको उहाँको भनाइ छ ।

    वर्तमान सरकार आफ्नै क्रियाकलापका कारण छिट्टै ढल्ने दाबी गर्दै उहाँले प्रतिपक्षले बल लगाउँनै नपर्ने तर्क गर्नुभयो ।

    यस्तै माओवादी केन्द्रलाई अहिले सरकारमा जान कुनै पनि हतार नभएकाले आगामी २०८४ को निर्वाचन पछि माओवादीको शक्ती र प्रभाव देखिने नेता किराँतीले दाबी गर्नुभयो ।


    मंगलवार, माघ २२ २०८१०९:१९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij