Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशको अहितमा छ भने प्रधानमन्त्री पद पनि अस्विकार गर्छौ: मनिस सुमन

देशको अहितमा छ भने प्रधानमन्त्री पद पनि अस्विकार गर्छौ: मनिस सुमन

  • बुधवार, माघ २३ २०८१

  • 713
    SHARES

  • देशको अहितमा छ भने प्रधानमन्त्री पद पनि अस्विकार गर्छौ: मनिस सुमन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिस सुमनले देश अध्यादेशबाट चल्न नहुने बताउनुभएको छ ।

    लोकतान्त्रिक ढंगले चल्नुपर्ने, संसदबाटै कानुनहरु बन्नुपर्ने बताउँदै चोरबाटो अपनाउनु सरकारको कदम गलत भएको आरोप लगाउनुभयो । सरकारले अध्यादेश चोर बाटोबाट ल्याएको नेता सुमनको टिप्पणी रहेको छ ।

    जसपाले अध्यादेशको बारेमा अध्ययन र छलफल गर्न उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल गठन गरेको छ । पार्टीका सांसद, पूर्वसांसद तथा भूमिसँग सम्बन्धित विज्ञहरूसँग पार्टीका उपाध्यक्ष यादवले छलफल गर्नुभएको हो । सो कार्यदलका सदस्यसमेत रहनुभएका नेता सुमनले आज पनि दिउँसो १ बजे सिंहदरबारमा यस विषयमा थप छलफल गर्ने बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भूमि सम्बन्धी अध्यादेशमा रहेका कतिपय विवादस्पद विषयलाई कसरी संशोधन गर्ने वा हटाउने भन्नेबारे पार्टीका सांसद तथा विज्ञहरूसँग छलफल भइरहेको बताउनुभयो ।

    अध्यादेशबारे राम्रोसँग अध्ययन गरेर मात्रै यो विषयमा निस्कर्षमा पुग्ने नेता सुमनको भनाइ रहेको छ । सरकारलाई समर्थन गरेको आफ्नो पार्टी जसपालाईसमेत सल्लाह नगरेर अध्यादेश ल्याइएकोमा उहाँले आपत्ति व्यक्त गर्नुभएको छ ।

    आज थप छलफलसँगै निस्कर्षपछि मात्रै अध्यादेशको समर्थन गर्ने अथवा विरोध गर्नेबारेमा निर्णय गरिने उहाँको भनाइ छ । आज अर्थविदहरुसँग थपछलफल गरेर शीर्ष नेतृत्वलाई अध्यादेशबारे सुझाव प्रतिवेदन बुझाउने नेता सुमनले बताउनुभयो ।

    यस्तै जसपाले आफ्नो मूल्य र मान्यतालाई सत्तासँग नसाट्नेसमेत उहाँले स्पष्ट पार्नुभयो । जनताको हितमा भएका निर्णयलाई समर्थन गर्ने बताउँदै उहाँले जनता र मुलुकको अहितमा भए जसपालाई प्रधानमन्त्री दिए पनि अस्विकार गर्ने नेता सुमनको प्रतिवद्धता रहेको छ ।


    बुधवार, माघ २३ २०८१०९:५२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij