काठमाडौं । पूर्वमन्त्री हृदयश त्रीपाठीले नेपाली कांग्रेस र एमालेमा आफूहरु बाहेक अन्य दल देशमा नरहुन भन्ने सोच देखिएको बताउनुभएको छ ।
दुई दलको नेताहरुको कुरा र प्रतिक्रिया सुन्दा देख्दा अन्य दलको उपस्थिती नै देशको लागि घाडो हो भनेर सोच्ने किसीमको पाइएको उहाँको टिप्पणी रहेको छ ।
वर्तमान सरकार लोकतन्त्रविरोधी विचारमा लिप्त भएको समेत पूर्वमन्त्री त्रीपाठीले आरोप लगाउनुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगकुरा गर्दै उहाँले नेता र पार्टीहरुको चरित्र बदल्नुपर्ने आवश्यकता औल्याउँदै संविधान संशोधन पछि गर्ने पहिला आफूहरुमा संशोधन गर्नुपर्ने सुझाव दिनुभयो ।
संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमालेको समिकरणमा बनेको सरकारबाट जनताले धेरै आशा र विश्वास गरेका ति कुराहरुलाई पूरा गर्न तर्फ लाग्नुपर्ने बताउँदै उहाँले अहिलेसम्म देखिने काम भने केहि नभएको टिप्पणी गर्नुभयो ।
नेताहरु भ्रष्ट छन्, काम गर्न सकेनन् दलहरुको आौचित्य सकियो भन्ने जनतामा तयार भएको भाष्यलाई कसरी चिर्ने भन्नेकुरामा अहिलेको शक्तिशाली सरकार लाग्नुपर्नेमा नेता त्रिपाठीको जोड रहेको छ । नेतृत्वप्रति आसा जगाउने काम गर्न पनि वर्तमान सरकारलाई उहाँले आग्रह गर्नुभएको छ ।