Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भूमिसम्बन्धि अध्यादेश अहिलेको परिस्थितीमा पारित हुन सक्दैँन: उदयशमशेर जवरा

भूमिसम्बन्धि अध्यादेश अहिलेको परिस्थितीमा पारित हुन सक्दैँन: उदयशमशेर जवरा

  • शुक्रवार, फाल्गुण २ २०८१

  • 525
    SHARES

  • भूमिसम्बन्धि अध्यादेश अहिलेको परिस्थितीमा पारित हुन सक्दैँन: उदयशमशेर जवरा

    काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशमशेर जवराले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै रहने दाबी गर्नुभएको छ ।

    संसदका दुई ठुला दल कांग्रेस र एमाले सरकारमा जानको लागि मात्रै एक नभएको स्पष्ट पार्दै नेता जवराले देशको विकास गर्न शुसासन कायम गर्न र जनताको मुद्दालाई शसक्तरुपमा उठान गर्नको लागि भएकाले यी कामहरु पूरा गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो ।

    पछिल्लो समय प्रतिपक्ष दलले सरकार असफल भयो, धेरै टिक्दैन भन्ने लगायतका विभिन्न किसीमका अफवाहहरु फलाइरहेको आरोप लगाउँदै उहाँले सरकारबाट बाहिरनुपरेको पिडामा आक्रोश पोख्नुबाहेक अरु नभएको स्पष्ट पार्नुभयो ।

    वर्तमान सरकार सहमति अनुसार नै चलिरहेकाले आगामी निर्वाचन सम्मै रहनेमा कुनै पनि शंका नरहेको उहाँको दाबी रहेको छ ।

    यस्तै अर्को प्रसंगमा उहाँले सरकारले ल्याएको अध्यादेशमध्य भूमिसम्बन्धि अध्यादेशमा सरकारको केहि कमजोरी भएको स्विकार गर्नुभएको छ ।

    भूमिसम्बन्धि अध्यादेशमा सरकारमै रहेका दलहरुले समेत विरोध गरेका छन् । जसपा र लोसपाले समर्थन नगर्ने निर्णयसमेत गरिसकेका छन् ।

    भूमिसम्बन्धि अध्यादेश अहिलेको परिस्थितीमा पारित नहुने बताउँदै उहाँले यसलाई थप व्यस्थित गरेर आवश्यक परिवर्तनहरु ल्याएरमात्रै पास गर्नु उपयुक्त हुने सुझाव दिनुभयो ।


    शुक्रवार, फाल्गुण २ २०८११०:२१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij