Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतलाई

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतलाई

  • सोमवार, फाल्गुण २६ २०८१

  • 627
    SHARES

  • च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतलाई

    काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि फेरि पनि भारतले जितेको छ । गएराति सम्पन्न फाइनलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारतले तेस्रोपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो।

    न्युजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९औं ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । भारतलाई उपाधि जिताउन कप्तान रोहित शर्माले ७६ रन बनाए । श्रेयस अय्यरले ४८ रन बनाए भने केएल राहुल ३४ रनमा अविजित रहे ।

    न्युजिल्याण्डका माइकल ब्रेसवेल र मिचेल सान्टनरले २–२ तथा काइल जेमिसन र रचिन रविन्द्रले १ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले भारतसामू २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

    डारिल मिचेलले सर्वाधिक ६३ रन बनाए । माइकल ब्रेसवेल ५३ रनमा अविजित रहे । रचिन रविन्द्रले ३७ र ग्लेन फिलिप्सले ३४ रन बनाए । भारतका लागि वरुण चक्रवर्ती र कूलदीप यादवले २–२ तथा मोहम्मद शामी र रविन्द्र जडेजाले १–१ विकेट लिए ।


    सोमवार, फाल्गुण २६ २०८१०६:३६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij