काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले देशमा सहि नेतृत्व निर्माण हुन नसकेकाले भ्रष्टाचार, बेथिती र लुटपाट मौलाएको बताउनुभएको छ ।
जुन सरकार आए पनि देश र जनाताको हितमा सोचेर काम गर्ने अवस्था नै नबनेकोले जनतामा निराशा र वितृष्णा दिनानुदिन बढिरहेको पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले स्पष्ट पार्नुभयो । नेकपा एस आन्दोलनमा जाने तयारीमा रहेको बेला नेता खनालले यस्तो बताउनुभएको हो ।
सत्तारुढ भएका जति पनि दलहरु छन् ती दलहरुले देश जनता र राष्ट्रको समुन्नतीमा काम गर्न नसकेकोले अब नयाँ ढंगले नेपालका कम्युनिष्ठ क्रान्तिकारीहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्छ र अब समाजवादको पाटोतर्फ जानुपर्छ भन्ने निष्कर्षसहित आफूहरु आन्दोलनमा जान लागेको नेता खनालले स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले देशको नेतृत्व सम्हालेकाले नै देशलाई गरिव बनाउने काम भइरहेको समेत आरोप लगाउनुभयो ।
सहि नेतृत्व, विचार र नीतिका आधारमा अगाडि बढ्ने हो भने देशलाई विकाश गर्न र संवृद्धि प्राप्त गर्न कुनै पनि अफ्ठेरो स्थिती नभएको उहाँको भनाइ छ ।