Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ताप्लेजुङ पुगेर ओलीले भने, ‘मेरो लोेकप्रियता देखेर आत्तिएकाहरु सरकार फेरिने हल्ला फैलाइरहेका छन्’

ताप्लेजुङ पुगेर ओलीले भने, ‘मेरो लोेकप्रियता देखेर आत्तिएकाहरु सरकार फेरिने हल्ला फैलाइरहेका छन्’

  • सोमवार, मंसिर ८ २०७७

  • 1.8K
    SHARES

  • ताप्लेजुङ पुगेर ओलीले भने, ‘मेरो लोेकप्रियता देखेर आत्तिएकाहरु सरकार फेरिने हल्ला फैलाइरहेका छन्’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरूद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका गर्नुभएको छ ।

    ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका –६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएकाहरुले सरकार परिवर्तन हुँदैछ भन्ने हल्ला फैलाएको बताउनुभयो । यस प्रकारका हल्लाको पछि नलाग्न उहाँले आग्रहसमेत गर्नुभयो ।

    सरकार मुलुकको समृद्धिका लागि चौतर्फी रूपमा लागिपरेको जनाउँदै उहाँले देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताउनुभयो ।
    ‘हामी समृद्धिका लागि अघि बढिरहेका छौं तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरूद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटीपूर्ण हो,’ उहाँले भन्नुभयो ।
    अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताउनुभयो ।

    ‘छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गरेको प्रयास, भारत र चीन दुबैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्नेजस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको छ’, उहाँले भन्नुभयो ।

     


    सोमवार, मंसिर ८ २०७७०२:५६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij