Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आईपीएल क्रिकेट आजदेखि शुरू हुँदै

आईपीएल क्रिकेट आजदेखि शुरू हुँदै

  • शनिवार, चैत्र ९ २०८१

  • 617
    SHARES

  • आईपीएल क्रिकेट आजदेखि शुरू हुँदै

    काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट आजदेखि शुरू हुँदैछ ।

    कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन खेलमा पूर्व विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० ले खेल्दैछन् ।

    यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरू हुनेछ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् । यसपटकको आईपीएल क्रिकेटमा बल चम्काउन थुक लगाउन नपाउने प्रतिबन्ध हटेको छ ।

    कोरोना महामारीपछि अन्तर्राष्ट्रिय क्रिकेट र आईपीएलमा बल चम्काउन थुकको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । १८औं संस्करणको आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।


    शनिवार, चैत्र ९ २०८१०९:५६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij