Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गभर्नर नियुक्ति स्वतन्त्र रूपमा हुन्छ हुदैन भन्नेमा सर्वत्र चासो, अब आउने गभर्नरले निकै संयमताका साथ अर्थतन्त्रको यथार्थ बुझेर पाइला चाल्नुपर्नेमा अर्थविद्को टिप्पणी (खास खबर)

गभर्नर नियुक्ति स्वतन्त्र रूपमा हुन्छ हुदैन भन्नेमा सर्वत्र चासो, अब आउने गभर्नरले निकै संयमताका साथ अर्थतन्त्रको यथार्थ बुझेर पाइला चाल्नुपर्नेमा अर्थविद्को टिप्पणी (खास खबर)

  • सोमवार, चैत्र २५ २०८१

  • 473
    SHARES

  • गभर्नर नियुक्ति स्वतन्त्र रूपमा हुन्छ हुदैन भन्नेमा सर्वत्र चासो, अब आउने गभर्नरले निकै संयमताका साथ अर्थतन्त्रको यथार्थ बुझेर पाइला चाल्नुपर्नेमा अर्थविद्को टिप्पणी (खास खबर)

    काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबार नै बिदा लिइसक्नु भएको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिसक्दा पनि सरकारले नयाँ गभर्नर नियुक्ति गरेको छैन । गभर्नरको जिम्मेवारी पाँच वर्षसम्म परिवर्तन नहुने हुँदा अर्थतन्त्रको स्थायित्वमा भूमिका निकै धेरै हुन्छ ।

    नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले अब आउने गभर्नरले निकै संयमताका साथ अर्थतन्त्रको यथार्थ बुझेर पाइला चाल्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ । पूर्वगभर्नर क्षेत्रीले सरकारले जे भन्यो त्यही मान्ने मान्छे नभएर अबको गभर्नर मुलुकको अर्थतन्त्र जोगाएर लैजान सक्ने चाहिने बताउनुभएको हो ।

    उहाँले मौद्रिक नीतिलाई केन्द्रीय बैंकको स्वायत्तताको आधारमा अडान लिनसक्ने व्यक्ति अबको गभर्नर हुनुपर्नेमा जोड दिनुहुन्छ । नियुक्तिमा पार्टीका मान्छे भन्दा पनि ब्रिफकेशको चलखेल सुरु भइरहेको पूर्व गभर्नर क्षेत्रीको आशंका छ । ब्रिफकेश बुझाएको कोही मानिस गभर्नर नियुक्त भएको खण्डमा मालिकको आदेश मान्नु पर्ने र त्यसले देशको अर्थतन्त्रको हितमा काम गर्न नसक्ने दाबी उहाँको छ । पूर्व गभर्नर क्षेत्रीले कोही पनि गोठालो अबको गभर्नर हुन नहुने टिप्पणी गर्नुहुन्छ ।

    यता सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीसमेत रहनु भएका सांसद गगन थापाले अहिले सर्वसाधारणमा बिचौलियाले गभर्नर बनाउँछन् कि भन्ने चिन्ता रहेको बताउनुहुन्छ । महामन्त्री थापाले गभर्नर नियुक्ति कत्तिको स्वतन्त्र रूपमा हुन्छ भन्ने कुरा चासोको विषय भएको बताउनुहुन्छ ।  जाँदाजाँदै गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको दोस्रो वर्ष पुग्दा नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भएको बताउनुभएको थियो ।

    शुक्रवार आफ्नो कार्यकालमा भएका प्रमुख कार्य तथा उपलब्धिहरू सार्वजनिक गर्दै उनले नेतृत्वमाथि नै गरिएको प्रहारले केन्द्रीय बैंकको स्वायत्ततामाथि नै ठाडो हस्तक्षेप भएको बताउनुभएको हो । आज नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानाले पाउनुभएको छ । वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कामु गभर्नरको जिम्मेवारी तोक्नुभएको हो ।

    राष्ट्र बैंक स्वायत्त संस्था हो । संसारभरिका गभर्नरहरूको मुख्य जिम्मेवारी बजारको मूल्य नियन्त्रणमा राख्ने, वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्ने र विदेशी मुद्राको सञ्चितिलाई सन्तुलनमा राख्ने हो । यो जिम्मेवारी पूरा गर्न गभर्नरले कहिलेकाहीँ सरकारबाट आउने दबाबहरू पनि खप्न सक्नुपर्छ । स्वायत्त रूपमा निर्णय गर्न सक्नुपर्छ । त्यसैले क्षमता र इमान भएका गभर्नर छान्ने परम्परा बसाल्यौं भने त्यसले विवाद पनि कम हुने देखिन्छ ।


    सोमवार, चैत्र २५ २०८१०७:५३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij