Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकारले केहि काम गर्दै नगरेको भन्न मिल्दैँन: डा. नारायण खड्का

वर्तमान सरकारले केहि काम गर्दै नगरेको भन्न मिल्दैँन: डा. नारायण खड्का

  • मंगलवार, चैत्र २६ २०८१

  • 548
    SHARES

  • वर्तमान सरकारले केहि काम गर्दै नगरेको भन्न मिल्दैँन: डा. नारायण खड्का

    काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्काले वर्तमान सरकारले केहि काम गर्दै नगरेको भन्न नमिल्ने बताउनुभएको छ ।

    सरकारले काम गरेन, असफल भयो भन्ने लगायत बाहिर जति पनि हल्ला गरिएको छ यो सबै कुरामा सत्यता नभएको दाबी गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता खड्काले सोचेजति डेलिवरी दिन भने केहि चुकेको स्विकार गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकरा ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले सरकारले गरेको काममा जनता निराश भइरहे पनि यो निराशालाई चिर्ने काममा भने सरकार लागिपरेको उहाँको दाबी छ ।

    भ्रष्टाचार, बेथिती र कुशासन व्यापक भएकाले एकैपटक सबै कुरामा समाधान हुन नसके पनि सरकारले विस्तारै गरिरहेकोले अहिले नै असन्तुष्टि पोख्ने बेला नभएको पनि उहाँको सुझाव रहेको छ ।

    संसदका दुई ठुला दल कांग्रेस र एमालेको समिकरणमा बनेको सरकारबाट आसा गर्न सकिने धेरै कारणहरु रहेको पनि उहाँको भनाइ छ ।


    मंगलवार, चैत्र २६ २०८११०:३८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij