Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकार नभत्किने कांग्रेस नेता गोविन्द पोखरेलको भनाइ

वर्तमान सरकार नभत्किने कांग्रेस नेता गोविन्द पोखरेलको भनाइ

  • शुक्रवार, बैशाख ५ २०८२

  • 781
    SHARES

  • वर्तमान सरकार नभत्किने कांग्रेस नेता गोविन्द पोखरेलको भनाइ

    काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द पोखरेलले गणीतिय हिसावले सबैभन्दा बलियो वर्तमान सरकार नभत्किने बताउनुभएको छ । बाहिर समाचारहरु जे जस्तो आए पनि सरकारमा कुनै पनि दरार नआएको स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले पार्टी सभापति शेरबहादुर देउवाले अहिले कै गठबन्धन अगाडि जान्छ भन्नेदिन सम्म यो सरकारमा कुनै पनि समस्या नआउने बताउनुभयो ।

    पछिल्लो समय सरकारमै सहभागी दलका प्रमुख नेताहरुले सरकारको आलोचना गरिरहेका छन् भने विपक्षी दलले पनि सरकारको आयू तोक्दै बस्ने गरेका छन् ।

    यहिबिचमा सरकार कमजोर बन्दै गइरहेको र छिट्टै परिवर्तन हुने लगायतका हल्लाहरु बाहिर आइरहेका छन् । तर नेताहरुले भने यी सबै हल्लामात्रै भएको दाबी गर्दै आइरहेका छन् ।

    सरकारका गतिविधीहरुप्रति भने केहि कमजोरीहरु देखिएको बताउँदै उहाँले अब यो गतीमा चल्न नसकिने भएको र कामको गती बढाउनुपर्ने सुझाव दिनुभयो ।

    सरकारमै रहेका दलका नेताहरुले टिकाटिप्पणी गर्नु भनेको सरकार सुध्रियोस राम्रो काम गरोस, जनतालाई डेलिभरी दिनमा तदारुकता देखाओस भन्नेबाहेक अरु नभएको नेता पोखरेलको भनाइ छ ।

    सरकार धेरै काममा गैरजिम्मेवार बनेको आरोप लगाउँदै उहाँले अहिलेको शक्तीशाली सरकारबाट धेरै आस र विश्वास भएकाले यसलाई निरास बनाउने छुट नभएको उहाँको सुझाव रहेको छ । वर्तमान सरकारलाई काम नगरेर बस्ने छुट नभएको पनि उहाँको भनाइ छ ।


    शुक्रवार, बैशाख ५ २०८२१०:२७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij