Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

लकडाउनमा अपनाउनुपर्ने सावधानी ?

लकडाउनमा अपनाउनुपर्ने सावधानी ?

  • बुधवार, आषाढ १७ २०७७

  • 832
    SHARES

  • लकडाउनमा अपनाउनुपर्ने सावधानी ?

    काठमाडौँ । कोरोनाको संक्रमण नफैलियोस भनेर नेपालमा अहिले पनि लकडाउन अर्थात बन्दाबन्दी छ । रोगको महामारी हुँदा शारिरिक स्वास्थ्यमा असर पर्ने त हुनेनै भयो । साथै मानसिक स्बास्थ्य समस्याको जोखिम पनि बढेर जान्छ । शरीर र मन एक अर्काका परिपुरक हुन ।

    शरिरमा समस्या आउदा मनमा पनि असर पर्छ । साथै मनमा समस्या आउदा शरिरिक लक्षणहरु पनि देखिन सक्छन । लकडाउनको समयमा सेल्फ क्वारेन्टाइन वा सेल्फ आईसोलेसनमा बस्दा आफ्नो मानसिक स्वास्थ्यमा पनि बिशेष ध्यान पुर्याउनुपर्छ । अन्यथा आफ्नो मानिसमा मनोसामाजिक समस्या वा मनोरोगको जोखिम बढछ ।

    प्राकृतिक बिपत्ति वा प्रकोपहरु पर्दा ,कोरोना भाईरसले रोग ब्याधि फैलिदा वा मानव सिर्जित ठुला ठुला घटनाहरुले स्वभावैले मनोबैज्ञानिक वा मानसिक रोग समेत स्वभाबैले बढेर जान्छ । कोनोनाको प्रकोप जस्ता घटनाहरुले स्वभावैले मानिसको मनमा चोट पु¥याउछ । मनमा असरहरु देखिन थाल्छन । यसलाई असहज अबस्थामा देखिने स्बभाबिक प्रतिक्रियाको रुपमा लिईन्छ ।

    धेरैको लागि यस्ता असरहरु अस्थाई हुन्छ । समय बित्दै गएपछि ढिलो चाडो प्राय धेरै जसो मानसिहरु आफै पुर्ब अबस्थामा फर्कन सक्छन् । केहिलाइ भने पुर्ब अबस्थामा फर्कन गार्हो पनि पर्न सक्छ । बिज्ञको सहयोग पनि चाहिन सक्छ ।

    मानसिक स्बास्थ्य कस्तो समस्या ?

    १. एन्जाईटी – विभिन्न किसिमका डर – चिन्ता जन्य समस्याहरु ।
    २. डिप्रेसन – दिक्दारिपन तथा आत्महत्याको सोचाई वा प्रयास ।
    ३. मानसिक आघात – पिडादायिक घटना पछि उत्पन्न हुने एक किसिमको मानसिक रोग ।
    ४. प्यानिक अट्याक – एक्कासि बिना कारण उत्पन्न हुने अत्याधिक त्रास ।
    ५. समायोजनको समस्या – परिस्थितिसँग जुझ्न नसकिरहेको अबस्था ।
    ६. अब्सेसिभ कम्पल्सिभ डिसअडर्स – एउटै सोच वा बिचार आईरहने तथा एउटै कार्य लगातार धेरै पटक दोहो¥याई रहने मानसिक रोग ।
    ७. जाँड रक्सि , लागू प्रदार्थको लत ।
    ८. कन्भर्सन डिसअडर्स – डर, त्रास , तनाबको कारणले देखिने मनोबैज्ञानिक समस्या ।
    ९. एक्युट स्टेस डिसअडर्स – तत्कालै देखा पर्ने अन्य तनाबजन्य समस्या ।

    संकटको बेला मनमा पर्ने असर भने ब्यक्ति पिच्छे फरक फरक हुनसक्छ । कसलाई कति असर पर्छ भन्ने कुरा ब्यक्तिको उमेर, लिङ, स्वंय ब्यक्तिको शारीरिक, मानसिक अबस्था, ब्यक्तित्व, परिस्थितिसँग जुझ्ने ज्ञान, सीप, मानसिक क्षमता, अनुभव, तनाब ब्यबस्थापनको तौरतरिका, दैनिक जीवन शैली, ब्यक्तिले प्राप्त गरेको सहयोग जस्ता कुरामा भरपर्छ ।

    बिपतिको बेला कतिपय मानिसले संयमिता गुमाउन पनि सक्छन । उनिहरुले समस्यासँग जुझ्न गलत उपाय वा तरिका अपनाइ रहेका हुन पनि सक्छन् । नचाहदा नचाहदै नकारात्मक क्रियाकलाप गरिरहेका हुनसक्छन् । बिपतिमा सबैले आफुलाई समाल्न सक्छन् भन्ने पनि हुदैन। उनिहरुलाई सहयोगको जरुरत पर्दछ । प्रकोपको मानसिक असर लामो समय सम्म नरहोस तथा मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम नबढोस भन्नका लागि भावनात्मक सहयोगको जरुरत पर्दछ ।

    बिपतिको बेला ब्यक्तिको मनमा देखा पर्ने त्रास , भय, छटपटि, मानसिक अशान्ति , नैरस्यता र यसको कारण आउन सक्ने व्यवहारजन्य गडबडीलाई ब्यबस्थापन गर्ने दिईने सबै प्रकारका ब्यबहारिक र भावनात्मक सहयोग नै प्राथमिक मनोबैज्ञानिक सहयोग हो । प्राथमिक मनोबैज्ञानिक सहयोग पाउदा ब्यक्तिको मनमा शान्ति , स्थिरता आउँछ । तनाब ब्यबस्थापन गर्न सहयोग मिल्छ । दैनिक जीवनमा पर्किन सजिलो हुन्छ ।

    कोरोनाको संक्रमण बढेको बेला स्वंय ब्यक्तिले आफ्नो शारीरिक स्बास्थ्यको ख्याल गर्नुका साथै मनको स्याहारसुसारमा पनि बिशेष ध्यान दिनु जरुरी हुन्छ । जसलाई स्व हेरचाह भनिन्छ । यस्तो अवस्थामा करोनाको संक्रमणबाट जोगिन लकडाउनको पुर्ण पालना गर्नुपर्छ । सरसफाइमा ध्यान दिनु पर्छ । सेल्फ क्वारेन्टाइनमा बस्दा र सुरक्षाका उपायहरु अपनाउदा मन ढुक्क हुन्छ । यसले डर , त्रास, भय, चिन्ता धेरै कम भएर जान्छ । आफू स्वास्थ छु भन्ने आत्मबल बढछ ।

    फुर्सदको बेला मानसिक तनाब नहोस भनेर समय ब्यबस्थापन गर्नु जरुरी हुन्छ । दैनिक कार्य तालिका बनाएर आफ्नो दिन चर्यालाई संतुलित बनाउन सकिन्छ । आफूलाई व्यस्त तथा सक्रिय राख्न सकिन्छ । यसो गर्नाले मनमा कोरोना सम्बन्धि कुरा खेल्न पाउदैन । नत्र जति बेला पनि कोरोनातिर ध्यान गई त्रास बढन सक्छ । कोरोनाको जोखिमबाट जोखिन सत्य तथ्य जानकारी त लिने तर अति सतर्क हुने , चाहिने भन्दा बढि जानकारी लिन खोज्ने , समचार पटक पटक हेरि रहने जस्ता व्यवहार गर्नु हुदैन ।

    सामाजिक सञ्जाल , इन्टरनेट चलाएर बस्ने भन्दा आफ्नो रुचिको काम गरेर समय बिताउ सकिन्छ । परिवारसँग कुराकानी गर्ने , खेल खेल्न ,किताब पढ्ने, लेख्ने,मनोरञ्जन गर्ने, रमाईला र ज्ञान बर्द्धक फिल्म हेर्ने गर्न सकिन्छ । घरयासी काममा समय दिन सकिन्छ । . तनाब कम गर्न शारीरिक ब्यायम , योग , मेडिटेसन , श्वास प्रस्वासको ब्यायम , ध्यान केन्द्रीत गर्ने अभ्यास तथा अन्य आरमदायी अभ्यासले ठूलो मदत पु¥याउछ । तनाबको बेला पर्याप्त निदाउनु पनि जरुरी हुन्छ ।


    बुधवार, आषाढ १७ २०७७१२:५३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij