Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एन्फाद्वारा डेड अर्ब बढीको बजेट अनुमोदन, ए डिभिजन लिग आगामी पुसमा हुने

एन्फाद्वारा डेड अर्ब बढीको बजेट अनुमोदन, ए डिभिजन लिग आगामी पुसमा हुने

  • शुक्रवार, बैशाख २६ २०८२

  • 675
    SHARES

  • एन्फाद्वारा डेड अर्ब बढीको बजेट अनुमोदन, ए डिभिजन लिग आगामी पुसमा हुने

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सन् २०२५ का लागि डेड अर्ब भन्दा बढीको बजेट अनुमोदन गरेको छ। काभ्रेपलाञ्चोकको धुलिखेलमा शुक्रवार भएको नियमित साधारण सभाले १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४ सय ५० रुपैयाँ बजेट अनुमोदन गरेको छ।

    यो गत वर्षको भन्दा बढी रकम हो। गत वर्षको फिफा र एएफसीको भौतिक पूर्वाधारको खर्च गर्न नसकेको बजेटलाई यो वर्ष निरन्तरता दिने र सो बजेट समेत जोडिंदा बजेटको आकार ठूलो भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

    यस्तै सो कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले पेश गरेको २०२५ को वार्षिक कार्यक्रमलाई साधारण सभाले पारित गरेको छ।२०२५ को लागि पुरुष, महिला युवा लगायतको कुल १६ कार्यक्रम रहेको छ। जसमा एन्फाले आयोजना गर्न नसकेको लिग कम नकआउट पनि सामेल छ। सो क्यालेन्डरमा सहिद स्मारक ए डिभिजन लिग पुस १ गतेदेखि गरिने भनिएको छ।


    शुक्रवार, बैशाख २६ २०८२०५:४५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij