काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनसंरचना गर्ने भएको छ । अर्थमन्त्री पौडेलले बिहीबार बजेट वक्तव्यमार्फत स्वास्थ्य बिमा कार्यक्रमलाई पुनसंरचना गर्ने घोषणा गर्नुभयो । पुनसंरचनाका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यावन्यन र दायारा बिस्तार गरिने उनले जानकारी दिए । त्यसैगरी, बिमितको सुविधा थैली पनि क्रमश वृद्धि गर्ने पौडेलले जानकारी दिनुभएको छ ।
हाल ५ जनाको परिवारका लागि एक लाखसम्मको सुविधा थैली रहेको छ । त्यसैगरी, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गर्ने सरकारले घोषणा गरेको छ । बीमा हुने चुहावट नियन्त्रण गर्ने संस्थागत प्रशासन कायम गरिने र सरकारले जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, अति विपन्न तथा अपसंख्यकले दिने गरेको बीमा सुविधालाई निरन्तरता दिइने भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको छ । यसभन्दा अगाडि सरकारले ७ अर्ब ५० करोड छुट्टाउँदै आएको थियो । अहिले स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक संस्थालाई १६ अर्बभन्दा बढी भुक्तानी तिर्न बाँकी छ । उक्त भुक्तानी तेस्रो पक्षबाट भरपाई भने चालू आर्थिक वर्षमा नै रकम फरफार गर्ने व्यवस्था मिलाइएको मन्त्री पौडेलले जानकारी दिनुभयो ।
यस्तै सरकारले काठमाडौँ तराई मधेस द्रुतमार्ग ८४ सालभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट वक्तव्यमार्फत यस्तो घोषणा गर्नुभएको हो । काठमाडौँ तराई मधेसको मधेस द्रुतमार्गको निर्माण कार्य आर्थिक वर्ष २०८३-८४ भित्र सम्पन्न गरिने मन्त्री पौडेलको भनाइ छ ।
आगामी वर्ष ३७ किलोमिटर सडकमा सववेश, चार किलोमिटर सुरुङ र ६० वटा पुलको निर्माण सम्पन्न गर्ने पनि सरकारले जनाएको छ । सरकारले त्यसका लागि २४ अर्ब ४९ करोड रकम विनियोजन गरेको अर्थमन्त्री पौडेलको भनाइ छ ।