Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आरसीबीले जित्यो आईपीएलमा पहिलो उपाधि

आरसीबीले जित्यो आईपीएलमा पहिलो उपाधि

  • बुधवार, जेठ २१ २०८२

  • 530
    SHARES

  • आरसीबीले जित्यो आईपीएलमा पहिलो उपाधि

    काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो उपाधि जितेको छ।

    अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आरसीबीले पञ्जाब किंग्स रलाई ६ रनले हराएको हो। १९१ रनको लक्ष्य पछ्याउँदै गरेको पञ्वाबद१८४ रनमै समेटियो। उपाधि जितेपछि विराट कोहली मैदानमै रोएका छन् ।

    अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा १९१ रनको लक्ष्य पछ्याउँदै रहेको पञ्जाब किंग्स १८४ रनमै रोकियो। बेंगलुरूका तर्फबाट विराट कोहलीले ३५ बलमा ४३ रन बनाए।

    पञ्जाबका जितेश शर्माले तीव्र ब्याटिङ गर्दै २४० स्ट्राइक रेटमा १० बलमा २४ रन जोडे। क्रुणाल पाण्ड्याले १७ रन दिँदै २ विकेट लिए। भुवनेश्वर कुमारले पनि २ विकेट लिए। पञ्जाबबाट अर्शदीप सिंह र काइल ज्यामिसनले समान ३–३ विकेट लिए।

    आरसीबीको टोली आईपीएल इतिहासमा आठौं च्याम्पियन बन्ने आठौं टोली बनेको छ।

    यसअघि चेन्नई सुपर किंग्स (५ पटक), मुम्बई इन्डियन्स (५ पटक), कोलकाता नाइट राइडर्स (३ पटक), राजस्थान रोयल्स (१ पटक), डेक्कन चार्जर्स (१ पटक), सनराइजर्स हैदराबाद (१ पटक) र गुजरात जायन्ट्स (१ पटक) च्याम्पियन बनेका थिए।


    बुधवार, जेठ २१ २०८२०९:३८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij