Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्मचारी खेलकुदमा कृषि विकास बैंकले जित्यो दोहोरो उपाधी

कर्मचारी खेलकुदमा कृषि विकास बैंकले जित्यो दोहोरो उपाधी

  • बिहिवार, जेठ २९ २०८२

  • 724
    SHARES

  • कर्मचारी खेलकुदमा कृषि विकास बैंकले जित्यो दोहोरो उपाधी

    काठमाडौं । कृषि विकास बैंक ‘ए’ले १४औं कर्मचारी खेलकुद प्रतियोगितामा दोहोरो उपाधी हासिल गरेको छ। प्रतियोगितामा फुटसलमा बुधबार दोहोरो उपाधि जितेको हो । कृषिको पुरुष र महिला दुवै टिम च्याम्पियन बन्यो । दुवैको निर्णय पेनाल्टी सुटआउटबाट निस्केको थियो ।

    टोखास्थित ग्रान्डी स्पोट्र्स सेन्टरमा भएको पुरुषको फाइनलमा कृषिले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ लाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो । खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएपछि टाइब्रेकरमा गएको थियो ।

    त्यसैगरी नेपाल वायु सेवा निगमले काठमाडौं खानेपानी लिमिटेडलाई २–० गोलले हराउदै तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार हात पारे ।

    कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको महिलाको उपाधि भिडन्तमा कृषि विकास बैंकले नेपाल बैंक लिमिटेडलाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरी सकिएको थियो । विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।


    बिहिवार, जेठ २९ २०८२०३:१४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij