Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘बल्छी धुर्बे’ले ‘गोबर गणेश’ फिल्म निर्माण गर्दै

‘बल्छी धुर्बे’ले ‘गोबर गणेश’ फिल्म निर्माण गर्दै

  • बुधवार, आषाढ ४ २०८२

  • 773
    SHARES

  • ‘बल्छी धुर्बे’ले ‘गोबर गणेश’ फिल्म निर्माण गर्दै

    काठमाडौँ। बहुचर्चीत तथा लोकप्रीय हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले फिल्म निर्माण गर्ने भएका छन्। दुई दशक बढी समयदेखी व्यवसायीक रुपमा हास्य व्यङ्ग्य कलाकारिता क्षेत्रमा अभिनयसँगै कथा लेखन, निर्देशन तथा निर्माणमा व्यस्त रहेका बल्छीले आफ्नै निर्देशनमा ‘गोबर गणेश’ फिल्म निर्माण गर्न लागेका हुन् ।

    चर्चीत कमेडी सिरियल ‘मेरी बास्सै’ बाट ‘बल्छी धुर्बे’ पात्रले चर्चामा आएका बल्छी पछिल्लो समय ‘हल्का रमाइलो’, ’जुठे’ लगाएतका सिरियलमा ब्यस्त छन्। उनले यतिबेला निर्माण गर्न लागेको फिल्म ‘गोबर गणेश’लाई चलचित्र विकास बोर्डले पनि निर्माण इजाजत दिईसकेको छ।

    मरिचमानकै कम्पनी बल्छी धुर्बे फिल्म्स प्रालिले निर्माण गर्ने यो फिल्मको बजेट २ करोड रहेको छ। फिल्ममा सीतादेवी तिमल्सिना र पूजन घिमिरे ‘पुकु’ को अभिनय रहने भएको छ। मरिचमान आफैले अभिनय गर्ने या नगर्नेबारे भने केही खुलेको छैन ।

    भदौंदेखि छायांकन सुरु गरिने उक्त फिल्मको चाडै टाइटल पोस्टर सार्वजनिक गरिने श्रेष्ठले जानकारी दिएका छन् ।


    बुधवार, आषाढ ४ २०८२०२:३१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij