Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालको विशाल जित, नेपालविरुद्ध इन्डोनेसिया ५० रनमै अल आउट

नेपालको विशाल जित, नेपालविरुद्ध इन्डोनेसिया ५० रनमै अल आउट

  • आइतवार, आषाढ १५ २०८२

  • 765
    SHARES

  • नेपालको विशाल जित, नेपालविरुद्ध इन्डोनेसिया ५० रनमै अल आउट

    काठमाडौं । ओपनर प्रसिद्ध जैसीको शतक र कप्तान विपिनप्रसाद शर्माको ६ विकेट सहयोगमा डिफेन्डिङ च्याम्पियन नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ मा सेमिफाइनल प्रवेश गरेको छ । एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने क्रममा आइतबार सम्पन्न खेलमा नेपालले इण्डोनेसियामाथि ३ सय ७० रनको विशाल जित हासिल गर्यो । ४ सय २१ रनको विशाल लक्ष्य पछ्याएको इण्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो ।

    इण्डोनेसियाका लागि कविन निरज चन्दा ३४ बलमा १५ तथा दिभित नन्दा ३१ बलमा १४ रनमा आउट भए । इण्डोनेसियाका ९ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । इण्डोनेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान विपिनप्रसादले ७.३ ओभरमा १२ रन खर्चिएर ६ विकेट लिए । शुभम खनाल र सुगम बुढाथोकीले समान १ विकेट लिए ।

    त्यसअघि मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २० रनको विशाल योगफल तयार गरेको थियो । नेपालका लागि ओपनर प्रसिद्धले १ सय ३२ रनको शतकीय इनिङ खेले । त्यसैगरी रौनक श्रीवास्तवले ८८ रनको अर्धशतकीय इनिङ खेले ।

    इण्डोनेसियाका लागि किटुट धर्मपुत्रले २ तथा कविन निरज चन्दा, महेन्द्र अजी र राहान रिजाले समान १ विकेट लिए । इन्डोनेसियालाई हराएको नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो।

    समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार छन् । नेपालले चौथो तथा समूह चरणको अन्तिम खेल मंगलवार भुटानसँग खेल्नेछ ।


    आइतवार, आषाढ १५ २०८२०१:४७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij