काठमाडौं । टि-ट्वान्टी विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपाल र कुवेत एकै समूहमा परेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीवार जारी गरेको समूह विभाजनमा नेपाल र कुवेत एकै समूहमा रहेका हुन् । प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ ।
समूह बि मा नेपाल र कुवेतका साथ जापान रहेको छ । समूह ए मा युएई, मलेसिया र कतार छन् । समूह सी मा ओमान, पपुवा न्यु गिनी र समओ रहेका छन् ।
हरेक समूहका शीर्ष २ टोली सुपर सिक्समा प्रवेश गर्दछन् । सुपर सिक्सका शीर्ष ३ टोलीले विश्वकपमा स्थान बनाउने छन् । विश्वकप एसिया तथा पूर्वी एसिया छनोट अक्टोबर १० देखि १७ सम्म आयोजना हुनेछ ।
आइसिसीका अनुसार समूह चरणको खेल ८ देखि १० अक्टोवर सम्म तथा सुपर सिक्सको खेल १२ देखि १७ अक्टोवरसम्म आयोजना हुनेछ ।