Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राजकुमार गुप्ता प्रमाणको आधारमा दोषी भए कानुनी कारवाही हुन्छ: महेश बतौला

राजकुमार गुप्ता प्रमाणको आधारमा दोषी भए कानुनी कारवाही हुन्छ: महेश बतौला

  • बुधवार, आषाढ ३२ २०८२

  • 523
    SHARES

  • राजकुमार गुप्ता प्रमाणको आधारमा दोषी भए कानुनी कारवाही हुन्छ: महेश बतौला

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बतौलाले पार्टीले भ्रष्टाचारमा मुछिएका जो सुकैलाई पनि नछाड्ने बताउनुभएको छ ।

    एमाले सांसद तथा निवर्तमान सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता यदि प्रमाणको आधारमा दोषी सावित भए कानुनी कारवाही हुने प्रमुख सचेतक बर्तौताले स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले एमाले भ्रष्टाचार नगर्ने र गर्नेलाई नछाड्ने सिद्धान्त बोकेको पार्टी भएको बताउनुभयो ।

    केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो । यस विषयमा छानबिन तथा मन्त्रीको राजीनामाका लागि दबाव बढेको थियो । सोहि कारण गुप्ताले हिजो पदबाट राजीनामा गरिसक्नुभएको छ ।

    यस्तै प्रमुख सचेतक बर्तौलाले केपी ओली नेतृत्वकमो सरकार सफल भएको दाबी गर्नुभएको छ । एकवर्षको अवधिमा राम्रा र जनताले देख्ने काम गरेको सरकारलाई असफल भन्नु विरोधका लागि विरोध भएको टिप्पणी गर्नुभएको छ ।


    बुधवार, आषाढ ३२ २०८२१२:३७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij