Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाली यु–२० टोलीको तेस्रो जित, श्रीलंका ७-० ले पराजित

नेपाली यु–२० टोलीको तेस्रो जित, श्रीलंका ७-० ले पराजित

  • बिहिवार, श्रावण १ २०८२

  • 957
    SHARES

  • नेपाली यु–२० टोलीको तेस्रो जित, श्रीलंका ७-० ले पराजित

    काठमाडौं । नेपालले साफ महिला यु–२० च्याम्पियनसिपमा तेस्रो जित निकालेको छ। बिहीबार सम्पन्न खेलमा नेपाल ७–० ले विजयी भएको हो। पहिलो खेलमा नेपालले श्रीलंकालाई यही स्कोरमा पराजित गरेको थियोे ।

    जितसँगै शीर्ष स्थानमा उक्लिएको नेपालले ४ खेलबाट ९ अंक पु¥याएको छ। समान खेल खेलेको श्रीलंका जित र अंकविहीन छ। नेपालको जितमा समीक्षा मगरले समान २ गोल गरे। कुसुम खतिवडा, पूर्णिमा राई, सरिता नाथ र विर्सना चौधरीको नाममा १ गोल रह्यो ।

    १६औं मिनेटमा सेनु परियारको क्रस श्रीलंकाली डिफेन्डरलाई लाग्दै माथिल्लो बारमा लागेको थियो। रिबाउन्डमा आएको बललाई पूर्णिमले हेडरमार्फत गोल गरिन्। ३५औं मिनेटमा कुशुमले अग्रता दोब्बर बनाइन्। पूर्णिमाले प्रहार गरेको बल श्रीलंकाली डिफेन्डबाट डिफेल्ट भएको थियो। उक्त बललाई वैकल्पिक खेलाडी कुशुमले गोलमा परिणत गरेका हुन्। ४२औं मिनेटमा सरिताले प्रहार गरेको लामो फ्रिकक बल बाउन्स हुँदै गोलमा परिणत भयो।

    लगत्तै कुशुमले डिबक्स बाहिरबाट प्रहार गरेको बल श्रीलंकाली डिफेन्डरसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो। ६६औं मिनेटमा समीक्षामाथि डिबक्समा श्रीलंकाली खेलाडीले फउल गरिन्। प्राप्त पेनाल्टीमा विर्सनाले सहजै गोल गरिन्।

    ७४औं मिनेटमा समीक्षाले अर्को गोल गरिन्। सरिताले प्रहार गरेको लामो बल श्रीलंकाली गोलकिपरले बारको कर्नरबाट विफल बनाएकी थिइन्। तर, उक्त बललाई समीक्षाले सहजै गोलमा परिणत गरिन् । ७८औं मिनेटमा समीक्षाले व्यक्तिगत दोस्रो र टोलीका लागि सातौं गोल गर्दै नेपालको जित पक्का गरिन्।


    बिहिवार, श्रावण १ २०८२०५:५३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij